काठमाण्डौ , रुपन्देहीको सिद्धार्थनगरमा रहेको एक क्यासिनोमा जुवातास खेलिरहेका १९ जना नेपाली नागरिक पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवातास खेलिरहेका १५ जना रहेका छन् ।
उनीहरूको साथबाट ९५ हजार ५०० रुपैयाँ, १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिजिटर संख्या : 31