प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

सुकुमवासीको अवस्था निकै कष्टकर छ, दीर्घकालीन समाधान गरियोस् : कुलमान घिसिङ

काठमाडौँ , उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी तथा अव्यस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्।

बिज्ञापन

कीर्तिपुरस्थित सुकुमवासी सेल्टर (होल्डिङ सेन्टर)को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले
विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद भएको बताए।

बिज्ञापन

निरीक्षणका क्रममा अध्यक्ष घिसिङले सेल्टरमा रहेका सुकुमवासीहरूको अवस्था निकै कष्टकर रहेको उल्लेख गरे।

बिज्ञापन

हालसम्म त्यहाँ ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको जानकारी दिँदै उनले विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

बसोवासको अन्योलताका कारण बालबालिकाहरूको शिक्षा र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको उनले बताए।

उनले हालैको आत्महत्याको घटनालाई दुःखद् भन्दै यस्ता विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। सरकारसँग दुई तिहाइको बहुमत र पाँच वर्षको स्पष्ट कार्यकाल रहेकाले हतारमा निर्णय नगरी सुझबुझपूर्ण ढङ्गले अघि बढ्न उनले सुझाव दिए।

प्रकशित मिति : २२ बैशाख २०८३, मंगलवार २१:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन
रुपन्देहीमा क्यासिनो खेल्दै गर्दा १९ जना पक्राउ
कांग्रेस संसदीय दलको बैठक बस्दै
‘कालो होस् वा सेतो, बिरालोले मुसो समात्नुपर्छ’
पेट्रोलियम पदार्थको भाउ घटाउन सकिँदैन: आपूर्ति मन्त्रालय
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा गाडी चलाउन रोक
एसइई नतिजा तयारी अन्तिम चरणमा, वैशाखभित्रै प्रकाशित हुने
ताजा खबर
ट्राफिक कारबाहीबाट ६ लाख ४१ हजार राजस्व संकलन
रुपन्देहीमा क्यासिनो खेल्दै गर्दा १९ जना पक्राउ
कांग्रेस संसदीय दलको बैठक बस्दै
‘कालो होस् वा सेतो, बिरालोले मुसो समात्नुपर्छ’
सुकुमवासीको अवस्था निकै कष्टकर छ, दीर्घकालीन समाधान गरियोस् : कुलमान घिसिङ
पेट्रोलियम पदार्थको भाउ घटाउन सकिँदैन: आपूर्ति मन्त्रालय