काठमाडौँ , माध्यमिक शिक्षा परीक्षा ९एसइई० नतिजा यही वैशाखभित्रै प्रकाशित हुने भएको छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा(१० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले वैशाखभित्रै नतिजा प्रकाशित हुने गरी अहिले काम भइरहेको जानकारी दिए।
उनका अनुसार अहिले एसइई नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको छ। ‘नतिजा प्रकाशनको काम अब अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘अबको एक साताभित्र नतिजा प्रकाशित सम्भव नहोला तर वैशाखभित्रै नतिजा भने प्रकाशित हुन्छ, धेरै काम सकिएको छ।’
वैशाख महिना सकिन ९ दिन बाँकी छ। उसो त बोर्डका अनुसार वैशाख अन्तिमतिर नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको छ।
२०८२ को एसइई परीक्षा गत चैत १९ गतेदेखि शुरु भएर २९ गते सकिएको थियो।
भिजिटर संख्या : 37