काठमाडौं, नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ।
कांग्रेसको संसदीय दलको कार्यालयमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।
आजको बैठकमा वर्तमान समसामयिक राजनीतिका विविध विषयहरूमा केन्द्रित रहेर छलफल गरिने बताइएको छ।
विशेषगरी सरकारले सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी डोजर आतङ्क मच्चाएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ र यस विषयलाई सदनमा सशक्त ढङ्गले उठाउने तयारी गरेको छ।
आगामी वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान भइसकेको सन्दर्भमा संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे पनि बैठकमा गम्भीर छलफल हुनेछ।
भिजिटर संख्या : 42