प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने

काठमाण्डौ , देशभर तापक्रम बढ्न थालेको छ । तराई(मधेश क्षेत्रमा तातो हावा चल्न थालेको छ । काठमाण्डौ उपत्यकामा पनि तापक्रम बढेको छ ।

बिज्ञापन

अझै केही दिन तराई(मधेशमा गर्मी र तातो हावाको लहर कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम भैरहवामा ४२ डिग्री सेल्सियस मापन भएको छ ।

बिज्ञापन

साथै, मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा ३८ डिग्री सेल्सियस आसपास तापक्रम मापन गरिएको छ ।

बिज्ञापन

मौसमविद्का अनुसार अहिले वर्षा गराउने प्रणाली सक्रिय छैन । चर्को गर्मीसँगै तराईका केही ठाउँमा तातो हावा चलेपछि जनजीवन प्रभावित बन्न थालेको छ ।

विशेष गरी बालबालिका, वृद्ध वृद्धा, मजदुर र साना व्यवसायी यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् । अत्यधिक गर्मीका बेला दिउँसोको समयमा सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी तथा झोल पदार्थ खान, हल्का र खुला कपडा लगाउन तथा चर्को घाममा सकेसम्म खेतबारीको काम नगर्न आग्रह गरिएको छ ।

घरबाहिर निस्कँदा छाता, टोपी वा कपडाले टाउको ढाक्न सल्लाह छ । अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हिमाली भेगमा सहित कोशी प्रदेशका पहाडी भागमा आंशिक बादल लागेको छ, भने बाँकी भागमा मौसम सफा छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित पानी पर्ने सम्भावना छ ।

प्रकशित मिति : ९ बैशाख २०८३, बुधबार ११:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै
नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु
आज सुनचाँदीको भाउ घट्यो
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
ताजा खबर