काठमाण्डौ , आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको हो ।
हिजो तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तीन लाख ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले घटेको छ । हिजो तोलाको पाँच हजार १६० रुपैयाँ रहेको चाँदी आज तोलाको पाँच हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
भिजिटर संख्या : 21