प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा

काठमाण्डौ , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिनको समय सीमा दिएको छ ।

बिज्ञापन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै हिजो मन्त्रालयले त्यस्ता सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी, जमानीका नाममा १५ दिने सूचना निकालेको हो ।

बिज्ञापन

ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलाम गर्ने चेतावनी दिएको छ । पटक–पटक जानकारी गराउँदा पनि अहिलेसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा १५ दिनभित्र सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउन भनिएको छ ।

बिज्ञापन

साथै १५ दिनभित्र ऋण फरफारक नगरे ऋणी, उसको परिवार र जमानीको नामसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने सूचनामा उल्लेख छ ।

ऋण असुलीसँगै बचत फिर्तालाई अगाडि बढाउने मन्त्रालयको तयारी छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ ।

प्रकशित मिति : ९ बैशाख २०८३, बुधबार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै
नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु
आज सुनचाँदीको भाउ घट्यो
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
ताजा खबर