प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ । आयोगका अनुसार, त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रूपमा सम्पत्ति खरिद गरेको पाइएको छ ।

बिज्ञापन

निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेश भई विभागले गरेको ठेक्का सम्झौता मध्ये कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको ठेक्कामा चार करोड २२ लाख ७५ हजार ९ सय ८५ रुपैयाँ बराबरको रकम घुस लिएको आयोगको आरोप छ ।

बिज्ञापन

भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवम् सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरेको पाइएको आयोगले जनाएको छ । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने रूपान्तरण तथा हस्तान्तरण गर्ने गराउने कार्य गैरकानुनी कार्य भएको ठहर गरिएको छ ।

पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठ र सहायक पथप्रदर्शक अधिकारीविरुद्ध समान चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

प्रकशित मिति : ९ बैशाख २०८३, बुधबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै
नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु
आज सुनचाँदीको भाउ घट्यो
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
ताजा खबर