प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

गर्भपतनको चक्कर, क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

  • बुटवल , गर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको छ।

पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ की गिता पाण्डेको गर्भपतन गराउनका लागि बुटवलका नीजि स्वास्थ्य क्लिनीकहरुको चक्करमा ज्यान गएपछि बुटवल प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

बिज्ञापन

मृतक गिता पाण्डे र उनका श्रीमान करिब १२ हप्ताको बच्चा अनिच्छित गर्भ रहेको भन्दै गत शुक्रवार गर्भपतनको लागि बुटवलको खत्री नर्सिङ होममा पुगेका थिए। खत्री नर्सिङ्ग होम पुगेकी गितालाई बच्चा अस्वस्थ भएको भन्दै जोनल फार्मेसीमा पठाएको उनका श्रीमान प्रकाश पाण्डेले बताए। त्यहाँकी एक नर्सिङ्ग स्टाफको सल्लाहमा उनीहरु अस्पताल लाईनमा रहेको जोनल फार्मेसी क्लिनिक मा गएका थिए।

बिज्ञापन

त्यहाँ पनि गर्भपतन गराउनको लागि स्वास्थ्यकर्मीले औषधी चलाएको तर त्यसपछि त्यहाँ गर्भपत हुने सम्भावना नभएपछि उनलाई छेवैमा रहेको ईन्दुलेखा क्लिनिकमा लगिएको मृतकका आफन्तको भनाई छ। ईन्दुलेखा क्लिनिकमा डा। सतिश रुपाखेतीले उपचार गरेको मृतकका श्रीमान प्रकाश पाण्डेले बताए।

बिज्ञापन

उहांहरु चैत्र २७ गते पहिलो पटक जांच गराउन आउनु भएको थियो त्यो बेला अल्ट्रासाउण्ड भिडियोएक्सरे मैले नै गरेको हो बच्चामा कुनै समस्या थिएन। पछि सनिवार पेट दुख्यो भनेर आउनु भयो हामीले सामान्य औषधी दिएर पठाएका हौं खत्री नरसिंङ होमका निर्देशक डा डिवि खत्रीले भने। हामीले गर्भपतन गराउने काम गर्दैनौं बैधानिक अवस्थाको कुनै गर्भपतन गर्ने बिरामी आएको खण्डमा हामीले मेरी स्टोभमा पठाउछौं हामीले त्यो प्रकृतीका कुनै औषधी पनि चलाउदैनौं डा खत्रीले भने।

सूरुमा खत्री नर्सिङ्गहोमले त्यसपछि जोनल फार्मेसीले र त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि ईन्दुलेखा क्लिनिकमा लगिएको थियो त्यहाँ पनि उनको औषधी चलाएर गर्भपतन गराउने प्रयास गर्दा उनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पतालमा लगिएको थियो मृतकका जेठाजु सन्तोष पाण्डेले भने।

पाण्डेका अनुसार गिताको लुम्विनी सिटी अस्पतालमा पुर्याउदा चिकित्सकले उनको मृत्यु भएको जानकारी दिएका थिए। उक्त घटनाबारे अनुसन्धान गरि रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले मृतकका आफन्तको जाहेरी पछि आफुले अनुसन्धान सुरु गरेको बताए।

बुटवल जस्तो ठाउमा पनि अनुभवी तथा वरिष्ठ सोही क्षेत्रका चिकित्सकको सल्लाहमा गर्भपतनका लागि तोकिएका र स्वीकृत स्वास्थ्य क्लिनिकमा उपचार गर्नुपर्नेमा नर्सिङ्ग होम, क्लिनिक र फार्मेसीले लापर्वाही पुर्ण ढंगले गर्भपतन गराउने गरेको पाईएको बताए।

हामीले मृतकका आफन्तको जाहेरी पछि तत्काल ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेका छौं उनले भने। श्रीवास्तवका अनुसार पक्राउ पर्नेमा जोनल क्लिनिककी सन्ध्या बस्नेत, जोनल फार्मेसीका निलम घर्तीमगर, ईन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे छन्।

यो घटनाले बुटवलमा अवैध रूपमा गर्भपतन गराउने क्लिनिकहरूको सङ्ख्या रहेको सार्वजनिक चर्चालाई बल दिएको छ। कतिपय फार्मेसीले समेत नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृत मा चिकित्सकको परामर्श तथा सहभागितामा हुनुपर्नेमा आर्थिक लोभमा मापदण्ड र स्वीकृत विना नै गर्भपतनको कार्य गर्दै आएको समाचार यसअघि पनि सार्वजनिक भएका थिए।

अनुगमनको अभावमा दर्ता बिनाका फार्मेसी र क्लिनिकमा उपचार गराउने कतिपय बिरामीहरूको चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीको कारण अकालमै मृत्यु हुने गरेका घटना पटक पटक सार्वजनिक भएका छन्।

प्रकशित मिति : ९ बैशाख २०८३, बुधबार १०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै
नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु
आज सुनचाँदीको भाउ घट्यो
ताजा खबर
देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै