प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

अमेरिका र इरानबीचको अस्थायी युद्धविरामपछि विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव

काठमाण्डौ – अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम घोषणा भएपछि विश्व अर्थतन्त्रमा तत्काल सकारात्मक प्रभाव देखिन थालेको छ । तेलको मूल्य तीव्र रूपमा घटेको छ भने विश्वभरका शेयर बजारमा उत्साह देखिएको बेलायती सञ्चारमाध्यम द गार्जियनले जनाएको छ ।

बिज्ञापन

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झण्डै १५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ डलर आसपास पुगेको छ । यो गिरावट कोरोना महामारी शुरू भएयताको सबैभन्दा ठूलो दैनिक गिरावट हो । युरोपेली ग्यासको मूल्य पनि झण्डै २० प्रतिशतले घटेको छ ।
अमेरिका, युरोप र एसियाका प्रमुख शेयर बजारहरूमा तीव्र वृद्धि भएको छ । जापान र दक्षिण कोरियाका बजारहरू पनि उल्लेखनीय रूपमा बढेका खबरमा उल्लेख छ । अमेरिकी डलर अन्य मुद्राहरूको तुलनामा कमजोर बनेको छ । हर्मुज जलमार्ग पुनः खुल्ने संकेत देखिए पनि अवस्था सामान्य नहुँदा हजारौँ जहाज अनुमति कुरेर बसिरहेका छन् ।

बिज्ञापन

अन्तर्राष्ट्रिय मुद्राकोषले मध्यपूर्व युद्धको आर्थिक असर केही समय रहन सक्ने जनाएको छ । लगानी, व्यापार र रोजगारीमा दीर्घकालीन असर पर्ने सम्भावना छ । यसले गर्दा तेल कम्पनीहरू घाटामा गएका छन् । युद्धविरामले बजारमा तत्काल राहत ल्याए पनि ऊर्जा आपूर्ति, व्यापार र विश्व अर्थतन्त्रमा दीर्घकालीन स्थायित्व कायम हुन नसकेको विशेषज्ञहरूको भनाइ छ ।

बिज्ञापन

यसैबीच पाकिस्तानको मध्यस्थतामा भोलि इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता हुँदैछ । प्रधानमन्त्री सहवाज सरिफले वार्ताका अमेरिका र इरानका प्रतिनिधिहरूलाई आउन आह्वान गर्नुभएको छ । चीनले पनि आफ्नो प्रभाव जमाउन पाकिस्तान, टर्की र इजिप्टका अधिकारीहरूसँग मध्यस्थताको भूमिका खेलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इजरायलले लेबनानमा हिजो फेरि ठूलो आक्रमण गरेको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ । राजधानी बेरुतसहितका क्षेत्रमा आक्रमण गर्दा कम्तीमा २५४ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

प्रकशित मिति : २६ चैत्र २०८२, बिहीबार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै
नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु
आज सुनचाँदीको भाउ घट्यो
ताजा खबर
देशभर तापक्रम बढ्न थाल्यो :तराई क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने
विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने : बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी
समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने समय सीमा
सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री शाहको जोड
एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर
हाम्रो पृथ्वी हाम्रो शक्ति भन्ने नारासहित आज पृथ्वी दिवस मनाइँदै