काठमाडौँ , सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी अध्यादेश पुनर्विचारै नगरी पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए। यसअघि पनि सोही विषयको अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश पुनर्विचार गर्न भन्दै सरकारलाई फिर्ता पठाएका थिए। राष्ट्रपतिको कार्यालयले अध्यादेशको विषयवस्तुमा संवैधानिक र कानूनी पक्षहरूमा पुनः छलफल आवश्यक देखिएको जनाएको थियो।
भिजिटर संख्या : 31