प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवलको रानिगञ्जका हजारौं सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बिरोध प्रदर्शनमा

बुटवल,राजधानी काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलेपछि बुटवल उपमहानगरपालिका(१७ रानीगञ्जका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी आन्दोलित भएका छन् ।

बिज्ञापन

औद्योगिक व्यवस्थापन लिमिटेडले बुटवलको औद्योगिक क्षेत्रमा पर्ने जग्गा खाली गर्न सुचना जारी गरेपछि स्थानीय आन्दोलित भएका हुन्

बिज्ञापन

बस्ती बचाऔं संघर्ष समिति बुटवल(१७ रानीगञ्जको नाउँमा संगठित भएका उनिहरूले यसअघि स्थानीय सरकार,जिल्ला प्रशासन कार्यालय सँग भएको सहमति कार्यान्वयन गर्न माग गरे ।

बिज्ञापन

हजारौंको संख्यामा उपस्थित भएका उनिहरूले यसअघिका सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख पाण्डेयले औद्योगिक क्षेत्र पनि बन्ने र स्थानीयको बस्ती पनि नउठ्नेगरि यसअघि भएको सहमतिमा आफुहरू अडिग रहेको बताए ।

संघर्ष समितिका संयोजक छवि रास्कोटीले आफुहरू औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरेको नभई आफुहरूको जग्गा औद्योगिक क्षेत्रमा पारिएको भन्दै लामो समयदेखि बसोबास गरेका स्थानीयलाई बिस्थापित गर्न नहुनेमा जोड दिए ।

सो अवसरमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासी बस्तीमा डोजर चलाउने बालेन सरकार बिरूद्व चर्को नाराबाजी गरेका थिए ।

बेलबास(बेथरी सडक निर्माणका क्रममा बिस्थापितहरूलाई बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्जमा बस्ती बसालिएको भन्दै हाल २५ सय घरधुरी बसोबास रहेको रानीगञ्जको जग्गा समेत हचुवाको भरमा औद्योगिक क्षेत्रको नाउँमा पारिएको उनिहरूको दाबी छ ।

आफुहरूका माग सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रिने संघर्ष समितिकि अगुवा सुनिता रास्कोटीले बताइन् ।

प्रकशित मिति : २० बैशाख २०८३, आईतवार २०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धिकरणको छापा
यी हुन् मन्त्रिपरिषद्ले आज गरेका चार निर्णय
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारै नगरी सरकारले फेरि पठायो राष्ट्रपतिकोमा
सरकारले : लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिबद्ध छ
नेपाल स्यवसेवी रक्तदाता समाज, तिलोत्तमा शाखको पाँचौं साधारण सभा सम्पन्न
राष्ट्रपति पौडेलबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
स्वतन्त्र प्रेसमाथि अंकुस लगाउने कार्य स्वीकार्य नहुने चेतावनी
ताजा खबर
बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धिकरणको छापा
यी हुन् मन्त्रिपरिषद्ले आज गरेका चार निर्णय
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारै नगरी सरकारले फेरि पठायो राष्ट्रपतिकोमा
सरकारले : लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिबद्ध छ
नेपाल स्यवसेवी रक्तदाता समाज, तिलोत्तमा शाखको पाँचौं साधारण सभा सम्पन्न
राष्ट्रपति पौडेलबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता