प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

नेपाल स्यवसेवी रक्तदाता समाज, तिलोत्तमा शाखको पाँचौं साधारण सभा सम्पन्न

तिलोत्तमा – नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
रुपन्देहीको तिलोत्तमा १ वनवाटिकामा कार्यक्रममा सम्पन्न भएको हो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रुपन्देही जिल्ला अध्यक्ष कृष्ण चौहानले रक्तदान एक कार्यक्रममात्र नभै मानव जीवनसँग प्रत्यक्ष जोडिएको बताउनुभयो । प्रमुख अतिथिसमेत रहनुभएका चौहानले स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुले यस्ता संस्थालाई विशेषरुपमा हेरिदिन आग्रह गर्नुभयो ।

बिज्ञापन

बिज्ञापन

कार्यक्रममा समाजका सल्लाहकार दिवाकर ढकालले यस्ता संस्थाले समाजको मानवीयता बचाइराखेकाले यो संस्थाको हितमा सदैव लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष गणेश पाठकले समाजसँगको सहकार्यमा छिटै रक्तदान कार्यक्रम गर्ने बताउँदै समाजलाई वडा कार्यालयको तर्फबाट रु। २०,००० रकम सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । अध्यक्ष पाठकले यस्ता संस्थाले मानवीय जीवन बचाउनका लागि व्यक्तिगत स्वार्थभन्दा माथि रहेका संस्था रहेकाले यिनीहरुको संरक्षणमा स्थानीय तहले समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पूर्ण चन्द्र सुवेदीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समाजका कोषाध्यक्ष भेषराज आचार्यले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने अध्यक्ष सागर पाठकले गत वर्षको कार्यक्रमको समिक्षा र आगामी कार्ययोजना सहितको प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा समाजका नयाँ संरक्षक, आजीवन सदस्य, १ वर्षभित्र संयुक्त आयोजना गर्ने संस्था, समाजका विभिन्न पक्षबाट सहयोग गर्ने संघ संस्थाहरु र यस क्षेत्रमा सर्पको उद्धारमा लागि परेको युवा नविन पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका आजीवन सदस्य इश्वर न्यौपाने, सल्लाहकार डा।अमित केसी , संरक्षक विश्व पाठकलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शाखाका अध्यक्ष सागर पाठकको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन समाजको महासचिव सम्झना न्यौपानेले गर्नुभएको थियोे ।

प्रकशित मिति : २० बैशाख २०८३, आईतवार २१:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धिकरणको छापा
यी हुन् मन्त्रिपरिषद्ले आज गरेका चार निर्णय
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारै नगरी सरकारले फेरि पठायो राष्ट्रपतिकोमा
सरकारले : लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिबद्ध छ
राष्ट्रपति पौडेलबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
काठमाडौंमा हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
स्वतन्त्र प्रेसमाथि अंकुस लगाउने कार्य स्वीकार्य नहुने चेतावनी
बुटवलको रानिगञ्जका हजारौं सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बिरोध प्रदर्शनमा
ताजा खबर
बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धिकरणको छापा
यी हुन् मन्त्रिपरिषद्ले आज गरेका चार निर्णय
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारै नगरी सरकारले फेरि पठायो राष्ट्रपतिकोमा
सरकारले : लिपुलेक नेपालकै भूमि हो, यसमा सरकार स्पष्ट र प्रतिबद्ध छ
नेपाल स्यवसेवी रक्तदाता समाज, तिलोत्तमा शाखको पाँचौं साधारण सभा सम्पन्न
राष्ट्रपति पौडेलबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता