प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

गोल्छालाई पक्राउ गरेर सरकारले आतंक मच्चायो : महेश बस्नेत

उनले सामाजिक सञ्जालबाट गोल्छालाई पक्राउ गरिएसँगै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठेको पनि बताएका छन्।

बिज्ञापन

उनले भनेका छन्, ‘बालेन्द्र सरकारले उद्योगी–व्यवसायीमाथि गरेको धरपकडका कारण निजी क्षेत्र गम्भीर रूपमा त्रस्त बनेको छ। शंकर गोल्छाको पक्राउसँगै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठेको छ। कुनै पनि व्यक्तिमाथि लगाइएको आरोप पहिले निष्पक्ष अनुसन्धानबाट पुष्टि हुनुपर्छ, त्यसपछि मात्र कानुनी प्रक्रियाअनुसार गिरफ्तारी गरिनुपर्छ।’

बिज्ञापन

अन्यथा यस्तो कार्यशैली निजी क्षेत्रमाथिको राज्य आतंकको रूपमा बुझिने उनले बताए।

बिज्ञापन

‘म, पूर्व उद्योगमन्त्रीको हैसियतले, यस प्रकारको कार्यको घोर भर्त्सना गर्दछु। देशले स्थिर, विश्वासिलो र लगानीमैत्री वातावरणको अपेक्षा गरिरहेका वेला यस किसिमका कदमले निजी क्षेत्रलाई निरुत्साहित बनाएको छ। यसले अर्थतन्त्र, रोजगारी सिर्जना र समग्र लगानी वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्ने स्पष्ट देखिन्छ। एकातिर आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य राख्ने, अर्कोतर्फ निजी क्षेत्रलाई त्रासमा राख्ने अभ्यासले समृद्धिको यात्रामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। सरकारले यस्ता कदम पुनर्विचार गर्दै कानुनी प्रक्रिया, पारदर्शिता र निजी क्षेत्रप्रतिको विश्वास कायम गर्ने दिशामा अघि बढ्न आवश्यक छ’, उनले भनेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हिजो हिमालयन रिइन्स्योरेन्सका निवर्तमान अध्यक्ष शेखरलाई बिचौलिया दीपक भट्ट र सुलभ अग्रवालको जालसाजी शेयर कारोबारमा संग्लन रहेको खुलेपछि पक्राउ गरेको थियो। गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पनि हुन्।

नेपाल धितोपत्र बोर्डले तयार पारेर अनुसन्धानकारी निकायमा पेस गरेको प्रतिवेदन धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३ ’मा भट्ट र अग्रवालको जालसाजी कारोबारमा व्यवसायीका नेता गोल्छा पनि संलग्न रहेको देखिएको हो।

प्रकशित मिति : ११ बैशाख २०८३, शुक्रबार १६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सुकुम्बासी बस्ती खाली गर्नेबारे प्रधानमन्त्री बालेनले सार्वजनिक गरे आफ्नो धारणा
मानव अधिकार आयोगले भन्यो– ‘वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर’
सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह
नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा
सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो; गगन थापा
क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव
इनरह्वील क्लव र बहुउद्देश्यीय सीप विकास केन्द्रको सहकार्यमा सीप विकास केन्द्रको भवन निर्माण सुरु
ताजा खबर
सुकुम्बासी बस्ती खाली गर्नेबारे प्रधानमन्त्री बालेनले सार्वजनिक गरे आफ्नो धारणा
मानव अधिकार आयोगले भन्यो– ‘वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर’
गोल्छालाई पक्राउ गरेर सरकारले आतंक मच्चायो : महेश बस्नेत
सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह
नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा