प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ का २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएको घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू आफ्नै सरकारसँग न्याय माग्दै धर्नामा बसेका छन् ।

बिज्ञापन

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकको शव वैशाख ७ गते साँझ शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको थियो । मृतकका परिवार र आफन्तले भने प्रहरीको यातनाका कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।

बिज्ञापन

सांसद खगेन्द्र सुनार र रीमा विश्वकर्मा विहिबारदेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका छन् । सुनारले लेखेका छन्( ‘हिजोदेखि रातभर जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं १ प्रहरीले हत्या गरेको श्रीकृष्ण विकको न्यायको लागि अहिले १० बजे सबैलाई ऋम्इ गेटमा उपस्थितिको लागि अपिल छ ११’

बिज्ञापन

रास्वपा सांसद रिमा विश्वकर्माले सामाजिक सञ्जालमा एकातिर दलित समुदायसँग क्षमायाचना अर्को तिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै ९दलित० नागरिकको शंकास्पद मृत्यु भएको भन्दै सरकारसँग न्याय मागेकी छन् ।

धर्नामा रास्वपा सांसद सुनारसहित रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आसिस गजुरेल सहभागी रहेका छन् । उनिःरुले प्रमुख जिल्ला अधिकारी, प्रहरी एसपी र खुर्कोट इलाकाका इन्स्पेक्टरलाई तत्काल निलम्बन गर्न र उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

मृतककी आमा विन्दामाया विकले एक ज्ञप्तिमार्फत आफ्नो छोराको प्रहरीको यातनाबाट मृत्यु भएको आरोप लगाएकी छन् ।

ललितपुरको सातदोबाटोबाट अन्तरजातीय विवाहको विषयमा पक्राउ परेका विकलाई वैशाख ४ गते खुर्कोट लगिएको थियो । प्रहरीले जबरजस्ती करणीको मुद्दा चलाउन दबाब दिँदै छोरालाई मानसिक र शारीरिक यातना दिएको आमा विन्दामायाले विज्ञप्तिमार्फत बताएकी छन्।

यस घटनाप्रति राष्ट्रिय दलित आयोगले पनि गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रहरी हिरासतमा व्यक्तिको मृत्यु हुनु मानव अधिकारको दृष्टिले गम्भीर विषय भएको बताएको छ ।

प्रकशित मिति : ११ बैशाख २०८३, शुक्रबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह
नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो; गगन थापा
क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव
इनरह्वील क्लव र बहुउद्देश्यीय सीप विकास केन्द्रको सहकार्यमा सीप विकास केन्द्रको भवन निर्माण सुरु
साइबर अपराध बढ्दो, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की
कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन, १५/१५ दिनमा प्रमाणित गर्नुपर्ने
फुटपाथ व्यवस्थापनमा सहयोग गर्न व्यवसायीलाई बुटवल उद्योग वाणिज्य संघको आग्रह
ताजा खबर
सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह
नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा
सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो; गगन थापा
क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव
इनरह्वील क्लव र बहुउद्देश्यीय सीप विकास केन्द्रको सहकार्यमा सीप विकास केन्द्रको भवन निर्माण सुरु