प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

इनरह्वील क्लव र बहुउद्देश्यीय सीप विकास केन्द्रको सहकार्यमा सीप विकास केन्द्रको भवन निर्माण सुरु

सैनामैना – इनरह्वील क्लव अफ बुटवल र बहुउद्देश्यीय सीप विकास केन्द्रको सहकार्यमा सैनामैना नगरपालिका वडा न। १ रानी बगियामा बहुउद्देश्यीय सीप विकास तालिम केन्द्रको भवन निर्माण कार्य सुरु भएको छ । महिलाहरुलाई विभित्र सीपमूलक तालिम प्रदान गर्ने उदेश्यले तालिम केन्द्रको सैनामैना वडा नम्बर १ मा निर्माण कार्य सुरु गरिएको हो ।

बिज्ञापन

क्लवका अध्यक्ष बुलबुल श्रेष्ठले विगतका वर्षबाटै सीपमूलक तालिम भाडामा रहेको भवनबाट प्रदान गरिदैँ आएको जनाउँदै हाल सीप विकास तलिम केन्द्रका संरक्षक चन्दा रावलबाट जग्गा प्राप्ति भएसँगै भवन निर्माण कार्य अघि बढेको बताउनुभयो ।

बिज्ञापन

बहुउद्देश्यीय सीप विकास केन्द्र र इनरव्हील क्लव अफ बुटवलको सहकार्यमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । भवनमा ठूलो हल र २ वटा शौचालयको समेत निर्माण गरिनेछ । करिब ८ धुर जग्गामा बन्ने सो भवनमा एउटा अफिस कोठासमेत बनाइने छ ।

बिज्ञापन

भवन निर्माण कार्यक्रममा सीप विकास तालिम केन्द्रका अध्यक्ष हेमा थापा, डिष्ट्रिक ३५० नेपालका पिएनआर समिरा ध्वजु , सैनामैना वडा नम्बर १ का वडा सदस्य मदन पन्थी , भवनका सचिव मुक्ता काउचा , जग्गादाता चन्दा रावल , क्लवका पूर्व अध्यक्षहरु, सदस्यहरुको उपस्थिति रहेको थियो ।

विशेषगरी समाजमा पछि पारिएका महिलाहरुका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्न निर्माण सुरु गरिएको भवन आगामी दुई महिनामा निर्माण सम्पन्न हुने क्लवले जनाएको छ । कार्यक्रम संयोजक भारती जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कर्यक्रमको सञ्चालन सचिव गंगा श्रेष्ठले गर्नुभएको थियो।

प्रकशित मिति : १० बैशाख २०८३, बिहीबार २०:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह
नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा
सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो; गगन थापा
क्षतिपूर्ति र पुनर्वासको व्यवस्था गरेर मात्रै सुकुम्वासी बस्ती खाली गराउन हर्क साम्पाङको सुझाव
साइबर अपराध बढ्दो, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की
कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन, १५/१५ दिनमा प्रमाणित गर्नुपर्ने
फुटपाथ व्यवस्थापनमा सहयोग गर्न व्यवसायीलाई बुटवल उद्योग वाणिज्य संघको आग्रह
ताजा खबर