प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

६५ औ विश्व रंगमञ्च दिवस २०८२ को अवसरमा बुटवलमा शुभकामना आदानप्रदान तथा विविध कार्यक्रम

बुटवल – ६५ औ विश्व रंगमञ्च दिवस २०८२ को अवसरमा बुटवलमा शुभकामना आदानप्रदान तथा विविध कार्यक्रम सम्पन्न भएको छ । राग श्री संगीतालय बुटवल र बटौली नाट्य कलामञ्चको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

बिज्ञापन

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले कलाकार राष्ट्रका गहना भएकाले हरेकले कलाकारको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले सोही अवसरमै विगतको सरकारले जनताका आवशयकता पहिचान गर्न नसकेका कारण आजको अवस्था आएको स्वीकार्दै इमानदारिताका साथ योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । गिरीले लुम्बिनी प्रदेशमा कला क्षेत्रमा प्रतिष्ठान जरुरी रहेको बताउँदै आगामी दिनमा यसका लागि सधै साथमा रहेको बताउनुभयो ।

बिज्ञापन

बिज्ञापन

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ पङ्गेनीले स्थानीय सरकारले कला क्षेत्रलाई समेटेको बताउँदै सधै कलाकारकै साथमा रहेको बताउनुभयो । अध्यक्ष पंगेनीले कलाकारिताले समाजका घटनालाई बाहिर ल्याउन मद्दत गर्ने बताउनुभयो ।

चलचित्र छायँकार तथा निर्देशक मनिस पन्थले बुटवलले कलाकारिताको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य डिल्ली नारायण पाण्डेले पहिलो पटक यो दिवस बुटवलमा मनाइएकोले महत्त्वपूर्ण भएको भन्दै प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन हुन नसकेको भन्दै यसको आवश्यकता लाई ध्यानमा राख्दै गठन गर्न माग गर्नुभयो ।

कार्यक्रममा ललित कलाको शान्तराम गिरी , अभिनयको तर्फबाट कलाकार तारा केसी , नेपाल नाट्य प्रतिष्ठान अध्यक्ष नारायण पन्थ , लुम्बिनी कला केन्द्र बुटवलका सञ्चालक गायक सौगात सायरलगायतले बोल्नुभएको थियो ।

बटौली नाट्य कलामञ्चका अध्यक्ष बाबुराम घिमिरेले स्वागत गरेको कार्यक्रममा राग श्री संगीतालयका सञ्चालक
सुरेस सेन्चुरीको अध्यक्षतार सञ्चालन बटौली नाट्य कला मञ्चका सचिव विजय पोखरेलले गर्नुभएको थियो ।

 

 

प्रकशित मिति : १३ चैत्र २०८२, शुक्रबार २२:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग
तिलोत्तमाका सामुदायिक वन : दीगो व्यवस्थापन र वातावरणीय सुरक्षा
आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ : सभामुख अर्याल
बुटवल–नारायणगढ सडक खण्ड : विनयी खोलाको पक्की पुल सञ्चालनमा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
भर्ना र पठनपाठन थाल्न पालिकालाई नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घको सर्कुलर
ताजा खबर
मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग
तिलोत्तमाका सामुदायिक वन : दीगो व्यवस्थापन र वातावरणीय सुरक्षा
आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ : सभामुख अर्याल
बुटवल–नारायणगढ सडक खण्ड : विनयी खोलाको पक्की पुल सञ्चालनमा