प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बुटवल–नारायणगढ सडक खण्ड : विनयी खोलाको पक्की पुल सञ्चालनमा

नवलपरासी – बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कीवास विनयी खोलामा निर्माण भएको नयाँ पक्की पुल सञ्चालनमा आएको छ ।

बिज्ञापन

निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि पुलमार्फत गाडी चल्न थालेका बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको झन्डै २४५ मिटर लम्बाइको विनयी खोलामा पुल निर्माण सम्पन्न भई गाडीको आवागमन शुरू भएको उहाँले बताउनुभयो ।

बिज्ञापन

यसअघि त्यही ठाउँमा रहेको फलामे पुल झन्डै दुई वर्षअघि भत्किएपछि अस्थायी डाइभर्सनमार्फत गाडी सञ्चालन हुँदै आएका थिए । डाइभर्सन प्रयोग गर्दा वर्षायाममा बाढीका कारण पटक–पटक आवागमन अवरुद्ध हुने समस्या थियो ।

बिज्ञापन

योसँगै नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका सबै पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भएको इन्जिनियर खनालले बताउनुभयो । पूर्वी खण्डमा १२ ठूला र २२ साना पुल निर्माण सम्पन्न भएका उहाँको भनाइ छ ।

पूर्वी खण्डमा निर्माण गर्नुपर्ने २११ कल्भर्टसमेत पूर्णरूपमा सम्पन्न भइसकेका छन् । बुटवल–नारायणगढ सडक खण्डको गैँडाकोटदेखि दुम्कीवाससम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने खण्डको मात्र काम बाँकी रहेको छ भने अन्य क्षेत्रको काम अन्तिम चरणमा पुगेको इन्जिनियर खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी खण्डमा अहिलेसम्म ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्रकशित मिति : ४ बैशाख २०८३, शुक्रबार १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह