प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि जितेको छ । आर्मीले अपराजित रहँदै उपाधि जितेको हो ।

बिज्ञापन

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले हरायो । सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४ ओभर ३ बलमा ५ विकेट गुमाएर भेटायो । आर्मीका इमरान शेखले नटआउट ४६, बसिर अहमदले ४५ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।

बिज्ञापन

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ३९ ओभर ४ बलमा १६१ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिमका अशोक धामीले सबैभन्दा धेरै ४३ रन बनाए । आर्मीका आकाश चन्द र शाहब आलमले ३र३ विकेट लिए ।

बिज्ञापन

योसँगै सबै ८ वटै संस्करणको फाइनल खेलेको आर्मीको यो तेस्रो उपाधि हो । सुदूरपश्चिम पहिलो पटक फाइनलमा पुगेको हो । १० वटा टोली सहभागी प्रतियोगितामा आर्मी र सुदूरपश्चिम शीर्ष २ मा रहेर फाइनलमा पुगेका हुन् । आर्मीले उपाधिसँगै १० लाख र उपविजेता बनेको सुदूरपश्चिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

यो प्रतियोगिताबाट आर्मी, सुदूरपश्चिम, एपीएफ क्लब, मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब शीर्ष ६ मा रहेर जय ट्रफीका लागि छनोट भएका छन् ।

प्रकशित मिति : ४ बैशाख २०८३, शुक्रबार १६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह