प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी

कैलाली । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ। वैशाख ३ गते मरेको कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ भक्तपुरका एकै परिवारका चार जना बिरामी भएका थिए। तीमध्ये ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो।

बिज्ञापन

मासु खाएका आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकार पनि बिरामी भएका छन्। दुई दाजुभाइको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने आमा–छोराको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

घटना बिहीबारको भए पनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो। उनीहरूले मरेको कुखुराको मासु स्थानीय पोल्ट्री फार्मबाट ल्याएको खुलेको छ। फार्म सञ्चालक स्वयं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई बोलाएको बेला उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

बिज्ञापन
प्रकशित मिति : ५ बैशाख २०८३, शनिबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

रुपन्देहीको बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी
सिटिजन्स बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा स्त्री तथा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य स्क्रिनिङ सेवा सम्पन्न
रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज
देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू
पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना :तराईमा बादल
अध्ययन बिदा दुरुपयोगले त्रिविलाई दुई अर्ब नोक्सानी : अहिलेसम्म २० जनाले रकम फिर्ता गरे
ताजा खबर