प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग

बुटवल – उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीले पछिल्लो समय भैरहेक अस्वाभाविक र तीव्र मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मध्य पूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य वृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवामा भइरहेको अस्वाभाविक र तीव्र मूल्यवृद्धिप्रति उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बिज्ञापन

मञ्चका अध्यक्ष समुन्द्र जिसीले शुक्रबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय खाद्यान्न, इन्धन, यातायातलगायत अत्यावश्यक वस्तु तथा सेवाको मूल्य निरन्तर बढ्दै गएको उल्लेख गर्दै यसले सर्वसाधारणको दैनिक जीवन झन् कष्टकर बनाएको बताउनुभयो । विशेषगरी न्यून आय भएका र मध्यम वर्गीय परिवार सबैभन्दा बढी मारमा परेको मञ्चको निष्कर्ष छ ।
हाल खानपान, इन्धन, यातायात लगायत दैनिक जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित वस्तु तथा सेवाहरूको मूल्य निरन्तर बढ्दै गएकाले सर्वसाधारण उपभोक्ताको जीवनयापनमा गम्भीर असर पारेको उल्लेख छ।

बिज्ञापन

विज्ञप्तिमा प्रभावकारी बजार अनुगमन नहुँदा कालोबजारी, कृत्रिम अभाव सिर्जना तथा मनपरी मूल्य निर्धारणजस्ता गतिविधि मौलाउँदै गएको औँल्याइएको छ । यस्तो अवस्थामा सम्बन्धित निकायको उदासीनताले समस्या झनै जटिल बन्दै गएको मञ्चको आरोप छ । मञ्चले बजार अनुगमनलाई नियमित र कडाइका साथ लागू गर्न, इन्धन मूल्यवृद्धिको बहानामा अन्य वस्तुमा अस्वाभाविक मूल्य बढाउने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण, सहज आपूर्ति व्यवस्थापन तथा उपभोक्ताको अधिकार संरक्षणका लागि प्रभावकारी संयन्त्र तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ ।

बिज्ञापन

यस्तै, मञ्चले मध्यपूर्वमा जारी युद्धको दिगो समाधानका लागि सम्बन्धित पक्षबिच संवाद अपरिहार्य रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय परिस्थिति शान्तिपूर्ण ढंगले समाधान हुनुपर्ने धारणा पनि व्यक्त गरेको छ । मञ्चका अध्यक्ष जिसीले उपभोक्ताको हकहित संरक्षणमा संस्था सधैं सक्रिय रहने प्रतिवद्धता जनाउँदै वर्तमान मूल्यवृद्धि नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

प्रकशित मिति : ५ बैशाख २०८३, शनिबार १०:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह