प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

स्थापना दिवसमा पत्रकार महासंघ रुपन्देहीले दोश्रो फुटसल कप आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१औं स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महासंघ रुपन्देहीले यही चैत १६ र १७ गते दोश्रो मिडिया कप फुटसल प्रतियोगिता र दोश्रो कर्पोरेट कप फुटसल प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बुटवल ८ सुख्खानगर नमूनापथ स्थित एडरिक फुटसल कोर्टमा आयोजना हुने फुटसल प्रतियोगिताअन्तरगत मिडिया कप फुटसल प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेलाई रु। २० हजार र दोश्रो हुनेलाई १५ हजार, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै, कर्पोरेट कप फुटसल प्रतियोगिताको बिजेताले रु। ३० हजार र दोश्रो हुनेले २० हजार तथा मेडल, कप र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए ।
विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र कर्पोरेट कपमा अनुशासित टीमलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
फुटसल प्रतियोगिता आयोजना गर्नका लागि महासंघले सहसचिव सुमनरश्मि श्रेष्ठको संयोजकत्वमा सदस्य दिनेश श्रेष्ठ र सदस्य अनिता चौधरी सदस्य रहेको समिति बनाएको छ । यस्तै, खेलमा निर्णायक तथा सहजीकरणका लागि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, यमलाल भुसाल र स्वस्तिक श्रेष्ठ रहेको कार्यदल निर्माण गरिएको सचिव सीपी खनालले जानकारी दिए ।
गत वर्ष आयोजना गरिएको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार स्थापना गरिएको र पहिलो पुरस्कार फुटसल प्रतियोगिताको समापनको अवसरमा प्रदान गरिने सचिव खनालले बताए ।
यस्तै, सुत्केरी पोषण तथा बालबचत खाताका लागि कोष स्थापना गरी हालसम्म ५ जनालाई सुत्केरी भत्ताबापत् जनही रु। ५ हजार तथा बालबचतवापत् जनही रु। ५ हजार प्रदान गरिसकिएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए । उनले यसपटक पनि फुटसल आयोजनाबाट बचत भएको रकम खेलकुद पत्रकारिता पुरस्कार कोष र सुत्केरी कोषमा जम्मा गरिने बताए ।
यसअघि गतवर्ष भएको पहिलो संस्करणमा कर्पोरेट कपको उपाधि इन्जिनियर्स एशोशिएशन लुम्बिनीले जितेको थियो भने मिडिया कपको उपाधि ग्लोबल आवाजले जितेको थियो ।

बिज्ञापन
प्रकशित मिति : १० चैत्र २०८२, मंगलवार १७:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग
तिलोत्तमाका सामुदायिक वन : दीगो व्यवस्थापन र वातावरणीय सुरक्षा
आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ : सभामुख अर्याल
बुटवल–नारायणगढ सडक खण्ड : विनयी खोलाको पक्की पुल सञ्चालनमा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
भर्ना र पठनपाठन थाल्न पालिकालाई नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घको सर्कुलर
ताजा खबर
मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग
तिलोत्तमाका सामुदायिक वन : दीगो व्यवस्थापन र वातावरणीय सुरक्षा
आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ : सभामुख अर्याल
बुटवल–नारायणगढ सडक खण्ड : विनयी खोलाको पक्की पुल सञ्चालनमा