प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया

काठमाण्डौ ,इरानले मध्यस्थकर्ता देश पाकिस्तानमार्फत अमेरिकासँगको वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ । वार्ताको मध्यस्थकर्ता रहँदै आएको पाकिस्तानलाई इरानले आफ्नो पछिल्लो प्रस्तावको पाठ बुझाएको इरानको
आधिकारिक समाचार एजेन्सीले जनाएको छ ।

बिज्ञापन

नयाँ प्रस्तावमा के के बुँदा समावेश छन् भन्नेबारेमा तत्काल स्पष्ट छैन । इरान र अमेरिकाबीच यसअघि एक चरणमा मात्र वार्ता सम्पन्न भएको थियो । त्यो वार्ता ठोस निष्कर्षमा पुग्न सकेको थिएन । अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको भन्दै वार्तामा सहभागी हुन इरानले नमानेपछि र इरानले मुख्य स्ट्रेट अफ हर्मुजलाई धेरै हदसम्म बन्द राखेको भन्दै अमेरिकाले यसलाई खोल्न दबाब दिएपछि वार्ता रोकिएको छ ।

बिज्ञापन

इरानका विदेशमन्त्री अब्बास अराघीचीले हिजो मात्रै साउदी अरब, कतार, टर्की, इराक र अजरबैजानका समकक्षीसँग टेलिफोन गरी इरानले युद्ध अन्त्य गर्न गरिरहेको पछिल्लो पहलबारे जानकारी गराउनुभएको थियो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न इरानले गरेको नयाँ प्रस्तावलाई अस्वीकार गर्नुभएको छ ।

बिज्ञापन

इरानको नयाँ प्रस्ताव स्वीकार गर्न नसकिने ट्रम्पले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फ्लोरिडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वार्ताबारे इरानको नेतृत्व नै अलमलमा परेको टिप्पणी गर्नुभएको छ । यसअघि अप्रिल २६ र २७ तारिखमा पनि इरानले आफ्नो प्रस्ताव पेस गरेको थियो, जुन ट्रम्पले अस्वीकार गर्नुभएको थियो ।

इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने ट्रम्पको अडान यथावत् छ ।

प्रकशित मिति : १९ बैशाख २०८३, शनिबार ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

अतिक्रमित संरचना भत्काउनेक्रम आजपनि जारी, आज छ सय बढी टहरा भत्काइँदै
प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज
आजपनि केही स्थानमा हावाहुरी, असिनासहित वर्षाको सम्भावना
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
सरकारले डोजर चलाएपछि अर्का सुकुम्बासीले पनि गरे आत्महत्या
अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना
सरकारले राष्ट्रपतिकोमा पठायो अर्को अध्यादेश
ताजा खबर
अतिक्रमित संरचना भत्काउनेक्रम आजपनि जारी, आज छ सय बढी टहरा भत्काइँदै
प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज
अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया
आजपनि केही स्थानमा हावाहुरी, असिनासहित वर्षाको सम्भावना
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन