प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाण्डौ – अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आजदेखि आउँदो मङ्गलवार जेठ २४ गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।

बिज्ञापन

अबको एक हप्ता कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । विभागका मौसमविद् ढकालका अनुसार यी प्रदेशका १र२ ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

बिज्ञापन

यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । मौसमविद् ढकालका अनुसार गण्डकी प्रदेशमा हप्तैभरि वर्षाको सम्भावना छ । आउँदो मङ्गलवारसम्म देशका हिमाली भेगका केही ठाउँमा हिउँ पर्ने पनि सम्भावना छ । अबको एक हप्ता गर्मी केही कम हुने विभागको पूर्वानुमान छ ।

बिज्ञापन

प्रि–मनसुनमा वर्षासँगै मेघगर्जनरचट्याङ र हावाहुरी पनि चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन विभागको आग्रह छ । यो बेला मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले पछिल्लो अवस्थाबारे जानकारी लिन विभागको भनाइ छ ।

प्रकशित मिति : १८ बैशाख २०८३, शुक्रबार १९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

अतिक्रमित संरचना भत्काउनेक्रम आजपनि जारी, आज छ सय बढी टहरा भत्काइँदै
प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज
अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया
आजपनि केही स्थानमा हावाहुरी, असिनासहित वर्षाको सम्भावना
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
सरकारले डोजर चलाएपछि अर्का सुकुम्बासीले पनि गरे आत्महत्या
सरकारले राष्ट्रपतिकोमा पठायो अर्को अध्यादेश
ताजा खबर