प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै :नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड

काठमाण्डौ , आज विश्व बौद्धिक सम्पदा दिवस मनाइँदैछ । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिएर मनाउने गरिन्छ ।

बिज्ञापन

हरेक वर्ष अप्रिल २६ तारिखमा मनाइने यो दिवसको मुख्य उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो । विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

बिज्ञापन

संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत निकायका रूपमा रहेको यो संस्थाले विश्वव्यापी बौद्धिक सम्पदा सेवा, नीति निर्माण, सूचना आदान–प्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई समन्वय गर्दै आएको छ । ‘

बिज्ञापन

डिजिटल’ युगसँगै बौद्धिक सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । संस्थाले सरकार, व्यवसाय तथा स्रष्टाहरूलाई सीमापार रूपमा बौद्धिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्न सहयोग पुर्‍याउँदै विश्वभर नवप्रवर्तन र सिर्जनशीलता प्रवर्द्धनमा जोड दिँदै आएको छ ।

सङ्गठनका अनुसार बौद्धिक सम्पदामा ‘कपीराइट, पेटेन्ट, ट्रेडमार्क’ र औद्योगिक ‘डिजाइन’लगायतका अधिकार समावेश छन्, जसले स्रष्टा, आविष्कारक तथा उद्यमीलाई आफ्नो सिर्जनाको संरक्षण र उपयोगको अधिकार प्रदान गरेको छ ।

दिवसले विशेष गरी नवप्रवर्तन, प्रविधि र सिर्जनशील क्षेत्रमार्फत आर्थिक तथा सामाजिक विकासमा बौद्धिक सम्पदाको भूमिकालाई उजागर गरेको छ । यसबाट कला, सङ्गीत, साहित्य, प्रविधि तथा उद्योग क्षेत्रका स्रष्टा र नवप्रवर्तकहरूले बौद्धिक सम्पदामार्फत आफ्नो पहिचान स्थापित गर्नुका साथै आर्थिक लाभ लिन सक्ने अवस्था सृजना भएको छ । विज्ञका अनुसार ‘डिजिटल’ युगसँगै बौद्धिक सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।

अनधिकृत प्रयोग, नक्कली उत्पादन र डिजिटल चोरीजस्ता समस्यालाई नियन्त्रण गर्न प्रभावकारी कानुनी व्यवस्था र जनचेतना आवश्यक रहेकोमा उनीहरूको जोड छ । नेपालमा पनि बौद्धिक सम्पदासम्बन्धी कानुनी तथा नीतिगत सुधारको आवश्यकता रहेकोमा जोड छ ।

प्रकशित मिति : १३ बैशाख २०८३, आईतवार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

आज सुनचाँदीको भाउ बढ्यो
कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयो तीन जना घाइते
बुटवलमा गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः मेडिकल काउन्सिलद्वारा डा. शतिस रूपाखेती निलम्बन र दुई फार्मेसी बन्द गर्न सिफारिस
तिलोत्तमाद्वारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै
भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती आज हटाइँदै : अवरोध र ढुङगामुढा हुँदा २२ जना सुरक्षाकर्मी घाइते
मौसम बदली : आज र भोलि पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना
विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
ताजा खबर
विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै :नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड
आज सुनचाँदीको भाउ बढ्यो
कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयो तीन जना घाइते
बुटवलमा गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः मेडिकल काउन्सिलद्वारा डा. शतिस रूपाखेती निलम्बन र दुई फार्मेसी बन्द गर्न सिफारिस
तिलोत्तमाद्वारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै