प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

मौसम बदली : आज र भोलि पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ , आज मौसम बदली भएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न ठाउँमा मौसम बदली भएको हो । आज र भोलि सबै प्रदेशको पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

बिज्ञापन

काठमाण्डौ उपत्यकामा आज बिहान छिटपुट वर्षा भएको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशको एकरदुई ठाउँमा पानी परिरहेको छ । त्यस्तै लुम्बिनी प्रदेशको तराई भागका एकरदुई ठाउँमा पनि आज मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिज्ञापन

देशका पहाडी अरू क्षेत्रमा पनि हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ । गएराति कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । तल्लो वायुमण्डलमा पूर्वी वायुको समेत प्रभाव देखिएकोले केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ ।

बिज्ञापन

आज पनि तराई क्षेत्रमा भने गर्मी कायमै छ । यसबीचमा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा वर्षाको गतिविधि बढ्न सक्ने देखिएकाले पानी परेपछि केही शीतल महसुस हुनेछ ।

अहिले प्रि(मनसुनको समय भएकाले पानी र हिउँसँगै मेघ गर्जन चट्याङसहित असिना र हावाहुरीको पनि सम्भावना हुने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकशित मिति : १३ बैशाख २०८३, आईतवार ०९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै :नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड
आज सुनचाँदीको भाउ बढ्यो
कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयो तीन जना घाइते
बुटवलमा गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः मेडिकल काउन्सिलद्वारा डा. शतिस रूपाखेती निलम्बन र दुई फार्मेसी बन्द गर्न सिफारिस
तिलोत्तमाद्वारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै
भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती आज हटाइँदै : अवरोध र ढुङगामुढा हुँदा २२ जना सुरक्षाकर्मी घाइते
विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
ताजा खबर