प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

तिलोत्तमाद्वारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता

रुपन्देही , रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित समुदायको सशक्तिकरणका लागि बजेट कार्यक्रम र नीतिगत रुपमा काम गरेको जनाएको छ । जागरण मिडिया सेन्टरले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा ‘विभेदमुक्त नगर स् समानतायुक्त नगर’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले कार्यक्रम गरेको बताएका हुन् ।

बिज्ञापन

उक्त अवसरमा तिलोत्तमा नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले आफूहरुले तिलोत्तमा नगरपालिकालाई मानव मर्यादाको नगरपालिकाका रुपमा स्थापित गर्ने गरी काम गरेको बताउनुभयो । उहाँले दलितमैत्री नगरपालिका बनाउने उद्देश्यले समुदायको उत्थान, सीप विकास तथा अधिकार समेत सशक्तिकरण गर्ने गरी कार्यक्रम गरेको बताउनुभयो । नीति कार्यक्रममै दलित समुदायलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै दलित समुदायको रणनीतिक विकास योजना, दलित पाश्वचित्र तथा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कानूनहरु प्रकाशन गरेको उहाँले बताउनुभयो ।

बिज्ञापन

त्यस्तै तिलोत्तमा नगरपालिका–६ का वडा अध्यक्ष गणेश पाठकले दलित समुदायमाथि ठूलो विभेद र अन्याय भएको भन्दै स्रोतसाधनको अभावका कारण उल्लेख्य काम गर्न नसकेको बताउनुभउो । आर्थिक विकास समिति संयोजक समेत रहनुभएका पाठकले दलित समुदाय पछाडि शिक्षा र आर्थिक गरीबीका कारण परेको बताउँदै अब ठोस कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी आर्थिक बर्षको बजेटमा दलित समुदायलाई परिवर्तन गराउन सक्ने गरी बजेट बिनियोजन गर्ने बताउनुभयो ।

बिज्ञापन

उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले भौतिक विकाससँगै मानवीय विकासका कामलाई तिलोत्तमामा नीतिगत रुपमा अगाडि बढाएको बताउनुभयो । उहाँले पेशागत सामाग्रीमा अनुदान, छुवाछुतविरुद्ध कानुनी सचेतनादेखि नेपालमै पहिलोपटक स्थानीय सरकारको अगुवाइमा दलित ज्ञान उत्सव गरेको बताउनुभयो । उहाँले दलित समुदाय, महिला र सिमान्तकृत समुदायको पक्षमा बजेट, नीति र कार्यक्रममार्फत समेटेको बताउनुभयो ।

जागरण मिडिया सेन्टरका महासचिव जगलाल नेपालीले तिलोत्तमाले दलित तथा सिमान्तकृत समुदायको पक्षमा बजेट कार्यक्रम र कानूनी रुपमा समेत सकारात्मक काम गरेको बताउनुभयो । उहाँले आगामी बजेटमा समुदायको आवश्यकता बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

जनप्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य सञ्जय विश्वकर्मा, जिल्ला अध्यक्ष टंक सुनार, फूलु सुनार लगायतले छुवाछुत अन्त्यका लागि प्रभावकारी र समुदायकेन्द्रीत कार्यक्रम गर्न सुझाव दिनुभयो ।

प्रकशित मिति : १३ बैशाख २०८३, आईतवार १३:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै :नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड
आज सुनचाँदीको भाउ बढ्यो
कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयो तीन जना घाइते
बुटवलमा गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः मेडिकल काउन्सिलद्वारा डा. शतिस रूपाखेती निलम्बन र दुई फार्मेसी बन्द गर्न सिफारिस
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै
भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती आज हटाइँदै : अवरोध र ढुङगामुढा हुँदा २२ जना सुरक्षाकर्मी घाइते
मौसम बदली : आज र भोलि पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना
विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
ताजा खबर
विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै :नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड
आज सुनचाँदीको भाउ बढ्यो
कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयो तीन जना घाइते
बुटवलमा गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः मेडिकल काउन्सिलद्वारा डा. शतिस रूपाखेती निलम्बन र दुई फार्मेसी बन्द गर्न सिफारिस
तिलोत्तमाद्वारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै