प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती आज हटाइँदै : अवरोध र ढुङगामुढा हुँदा २२ जना सुरक्षाकर्मी घाइते

काठमाण्डौ , सरकारले काठमाण्डौ उपत्यकाका अनधिकृत संरचना र बस्ती हटाउने कामलाई आज पनि निरन्तरता दिने भएको छ । हिजो हटाउन बाँकी रहेका क्षेत्रमा आज डोजर चलाउने र हटाउने तयारी छ ।

बिज्ञापन

काठमाण्डौको थापाथली तथा गैरिगाउँ क्षेत्रमा अनधिकृत संरचना हटाउने काम सकिएको छ । त्यस्तै हिजो बेलुका भक्तपुरको मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने क्रममा अवरोध भएको छ । अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउने क्रममा सुकुम्वासी बस्तीमा रहेका केहीले ढुङगामुढा गरेपछि काम रोकिएको थियो ।

बिज्ञापन

त्यस क्रममा २२ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । सुरक्षाकर्मीले डोजर प्रयोग गरी ७ वटा घर भत्काएपछि आक्रमण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । घर टहरा हटाउन शुरु गर्नुअघि नै मनोहरा बस्तीमा रहेका झण्डै ८० प्रतिशत नागरिकले दिउँसो नै सरसामान अन्तै लगिसकेका थिए ।

बिज्ञापन

मनोहरा सुकुम्वासी बस्तीमा ७७७ घर टहरा रहेको विवरण छ । बस्तीका सुनिल लामाले सरकारले सुकुम्वासीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

प्रकशित मिति : १३ बैशाख २०८३, आईतवार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै :नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड
आज सुनचाँदीको भाउ बढ्यो
कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयो तीन जना घाइते
बुटवलमा गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः मेडिकल काउन्सिलद्वारा डा. शतिस रूपाखेती निलम्बन र दुई फार्मेसी बन्द गर्न सिफारिस
तिलोत्तमाद्वारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै
मौसम बदली : आज र भोलि पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना
विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
ताजा खबर