प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

लुम्बिनी प्रादेशिक अस्पतालमा नवनियुक्त मेसु गौतमले गरे पदभार ग्रहण, सुशासनको प्रतिवद्धता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० पदमा नव नियुक्त डा। विष्णु गौतमले शुक्रबार पदभार ग्रहण गरेका छन् । अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई, निवर्तमान मेसु डा। इन्द्र ढकाल, पूर्व मेसु डा। सुदर्शन थापा लगायतले बोल्दै सफल कार्यकालका लागि बधाईसहित शुभकामना व्यक्त गरे ।

बिज्ञापन

शुभकामना व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले अस्पतालको व्यवस्थापन सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्य र लक्ष्य हासिल गर्नेगरि काम गर्न आग्रह गरे । बिकास समिति तथा अस्पताल परिवार सबैको एउटै लक्ष्य गुणस्तरीय र जनगुनासोरहित सेवा भएको बताउँदै सामुहिक प्रयास र सहकार्यमा जोड दिए ।

बिज्ञापन

सो अवसरमा बोल्दै मेसु डा। गौतमले अस्पतालमा प्राप्त जनशक्ति, उपकरण तथा प्रविधि र संरचनाको अधिकतम प्रयोग गरी स्वास्थ्य सेवा उपलब्ध गराउनेमा आफ्नो ध्यान केन्द्रीत रहने बताए । जनअपेक्षा र उपलब्ध स्रोतबीच ठूलो खाडल रहेको बताउँदै उनले प्रदेश सरकार तथा संघीय सरकारसँग आवश्यक सहयोग र समन्वयमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले सुशासनको पक्षलाई पनि प्रतिवद्ध भएर कार्यान्वयन गरिने बताए ।

बिज्ञापन

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गौतमलाई मेसुको जिम्मेवारी दिने निर्णय गरेको हो। डा।गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस ९जहेस० समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन्। लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेको अनुभवका आधारमा उनलाई मेसुमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

यस क्षेत्रकै सबैभन्दा ठुलो लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक करिब २ हजार ५ सयदेखि ३ हजारसम्म बिरामीले सेवा लिने गरेका छन्।

प्रकशित मिति : ११ बैशाख २०८३, शुक्रबार १९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
सुकुम्बासी बस्ती खाली गर्नेबारे प्रधानमन्त्री बालेनले सार्वजनिक गरे आफ्नो धारणा
मानव अधिकार आयोगले भन्यो– ‘वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर’
गोल्छालाई पक्राउ गरेर सरकारले आतंक मच्चायो : महेश बस्नेत
सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह
नेपाल उद्यान महासंघको विविध कार्यक्रम र बैठक सम्पन्न
हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा
सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो; गगन थापा
ताजा खबर
विपीन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने
लुम्बिनी प्रादेशिक अस्पतालमा नवनियुक्त मेसु गौतमले गरे पदभार ग्रहण, सुशासनको प्रतिवद्धता
सुकुम्बासी बस्ती खाली गर्नेबारे प्रधानमन्त्री बालेनले सार्वजनिक गरे आफ्नो धारणा
मानव अधिकार आयोगले भन्यो– ‘वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर’
गोल्छालाई पक्राउ गरेर सरकारले आतंक मच्चायो : महेश बस्नेत
सुकुम्वासी बस्ती खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह