प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना

बुटवल । आज वैशाख ७ गते, नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाले विजय हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा बुटवलस्थित जितगढी किल्ला मा विजय उत्सव मनाइँदै छ।

बिज्ञापन

वि।सं। १८७२ वैशाख ७ गते उजिरसिंह थापा को नेतृत्वमा रहेको नेपाली फौजले अंग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो। सोही विजयको खुसीयालीमा हरेक वर्ष यहाँ विशेष कार्यक्रमसहित उत्सव मनाउने परम्परा रहेको छ।

बिज्ञापन

 

बिज्ञापन

यस अवसरमा हरेक वर्ष गोरखा दरबार बाट पैदल यात्रा सुरु गरी जितगढी आइपुग्ने नेपाली सेनाका पदयात्री टोलीलाई किल्लामा स्वागत गरिन्छ। यस वर्ष पनि गोरखा दरबार हनुमान भञ्ज्याङबाट सुरु भएको पदयात्रा टोली तनहुँ, स्याङ्जा र पाल्पा हुँदै आज जितगढी आइपुग्ने कार्यक्रम रहेको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार ऐतिहासिक दरबार, गढी, किल्ला तथा पदमार्गको संरक्षण गर्ने उद्देश्यले नेपाली सेना र स्थानीय तहको सहकार्यमा यो पदयात्रा चौथो पटक आयोजना गरिएको हो।

इतिहास बोकेको जितगढी किल्ला

रुपन्देहीस्थित जितगढी किल्ला ‘अंग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहाससँग जोडिएको स्थल हो। यसले नेपाली वीरताको प्रतीकका रूपमा राष्ट्रियताको भावना झल्काउँछ। झण्डै दुई सय वर्ष पुराना युद्धसम्बन्धी प्रमाणहरू अझै पनि यहाँ सुरक्षित रहेको पाइन्छ।

इतिहासकारहरूका अनुसार किल्ला निर्माणको समयबारे फरक–फरक धारणा रहे पनि यसको रणनीतिक महत्व अत्यन्त ठूलो रहेको मानिन्छ।

उक्त युद्धका क्रममा अमरसिंह थापा को समग्र नेतृत्वमा विभिन्न मोर्चामा लडाइँ सञ्चालन गरिएको थियो भने बुटवल–पाल्पा क्षेत्रको जिम्मेवारी उजिरसिंह थापाले सम्हालेका थिए।

सन् १८१४ मा ब्लनयि(ल्भउबभिकभ ध्बच सुरु भएपछि अंग्रेज फौजले विभिन्न स्थानबाट आक्रमण गरे पनि जितगढी क्षेत्रमा नेपाली सेनाले दृढ प्रतिरोध गर्दै विजय हासिल गरेको थियो।

मेजर जनरल जोन सुलिमान उडको नेतृत्वमा आएको अंग्रेजी फौजलाई परास्त गर्दै बुटवल क्षेत्र जोगाउन सफल भएको ऐतिहासिक किल्ला नै जितगढी हो।

राष्ट्रिय गौरवको प्रतीक

इतिहासविद्हरूका अनुसार यदि त्यतिबेला गोर्खाली फौजले डटेर प्रतिरोध नगरेको भए नेपालको अस्तित्व नै संकटमा पर्न सक्थ्यो। त्यसैले जितगढी किल्ला केवल एक ऐतिहासिक स्थल मात्र नभई राष्ट्रिय स्वाभिमान र वीरताको प्रतीकका रूपमा स्थापित भएको छ।आज पनि यस उत्सवले नेपालीहरूको देशप्रेम, वीरता र ऐतिहासिक चेतनालाई स्मरण गराउँदै आएको छ।

 

 

प्रकशित मिति : ७ बैशाख २०८३, सोमबार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँले बढ्यो
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह