प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज

काठमाडौं,अमेरिकाले इरानको एक मालवाहक (कार्गो) जहाज कब्जा गरेको छ।

बिज्ञापन

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाअनुसार होर्मुज स्ट्रेट पार गर्ने प्रयास गरिरहेका बेला टोस्का नामक जहाज नियन्त्रणमा लिइएको हो। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाज हाल हाम्रो नियन्त्रणमा छ। पूर्णरूपमा नियन्त्रणमा लिएर जहाजभित्र के छ भनेर अनुसन्धान गरिरहेका छौँ।’

बिज्ञापन

ट्रम्पले अगाडि लेखेका छन्, ‘आज इरानी झन्डा बोकेको जहाज टोस्काले नौसेना नाकाबन्दी तोड्ने प्रयास गरेको थियो तर असफल भयो। यो जहाज ९०० फिट लामो र लगभग विमानवाहक जत्तिकै भारी छ।’

बिज्ञापन

रोक्न चेतावनी दिँदा नमानेपछि अमेरिकी नौसेनाले आक्रमण गरेर जहाज नियन्त्रणमा लिएको दाबी ट्रम्पले गरेका छन्। यसैबिच अमेरिकी केन्द्रीय कमान्डले भिडिओ जारी गरेको छ। जसमा एउटा नौसेना जहाजले कार्गो जहाजलाई रोकेको र गोली हानेको देखिन्छ। इरानको सैन्य मुख्यालयले भने अमेरिकाले युद्धविराम उल्लंघन गर्दै ओमानको खाडीमा इरानको व्यापारिक जहाजमा गोली हानेको बताएको छ।

तस्निम मिडियाका अनुसार, जहाज चीनबाट इरानतर्फ आइरहेको थियो। इरानले अमेरिकाको कदमलाई समुद्री डाँकाको संज्ञा दिँदै चाँडै जवाफ दिइने चेतावनी दिएको छ। यसअघि आइतबार मात्र ट्रम्पले इरानसँग फेरि वार्ता गर्न अमेरिकी प्रतिनिधि पाकिस्तान प्रस्थान गरेको बताएका थिए।

प्रकशित मिति : ७ बैशाख २०८३, सोमबार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँले बढ्यो
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह