प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

रुपन्देहीको बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी

बुटवल – रुपन्देहीको बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी–२०८३’ को औपचारिक उद्घाटन तथा कार्यक्रम सम्पन्न भएको छ। विश्व सम्पदा दिवसको अवसर पारेर आयोजना गरिएको सो प्रदर्शनी स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न भएको हो।

बिज्ञापन

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव डा मानबहादुर बिकेले रैथाने सीप, कला र उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरण अपरिहार्य रहेको उल्लेख गर्दै परम्परागत उत्पादनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउनुभयो । उहाँले यस्ता सीपलाई पुस्तान्तरण गर्दै बजारसँग जोड्न आवश्यक रहेको धारणा राख्नुभयो ।

बिज्ञापन

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्थानीय उत्पादन र संस्कृति पर्यटनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले यस्ता पहललाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बिज्ञापन

गन्धर्व समाजका केन्द्रीय अध्यक्ष कर्णबहादुर गन्धर्वले कला र संस्कृति नै इतिहास बोल्ने माध्यम भएकाले तिनको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो। उहाँले लोपोन्मुख सांस्कृतिक सम्पदाको जगेर्ना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो।
प्रदर्शनी संयोजक रेवन्तबहादुर विश्वकर्माले प्रदर्शनीले लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार विस्तार तथा रोजगारी सिर्जनामा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

रैथाने उत्पादनको बजारीकरणको अभियान चलाउनुभएका खस्यौली बजारका व्यवस्थापक समुन्द्र घिमिरेले रैथाने वस्तु र संस्कृतिको संरक्षण नै आफ्नो अभियान भएकाले यसमा साथ दिने र खासगरी नयाँपुस्तालाई यसमा जोड्ने आफ्नो अभियान भएको जनाउनुभयो । कार्यक्रममा अन्य वक्ताहरूले पनि रैथाने सीप र उत्पादन केवल सांस्कृतिक धरोहर मात्र नभई आर्थिक समृद्धिको आधार बन्न सक्ने उल्लेख गर्दै यसको संरक्षण र व्यवसायीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको संयोजनमा सञ्चालन भएको प्रदर्शनी हो । प्रदर्शनीमा स्थानीय सीपसम्बन्धी प्रत्यक्ष प्रदर्शन, हस्तकला तथा स्थानीय उत्पादनका ५० बढि स्टल, मौलिक खाना परिकार, झाँकी तथा सांस्कृतिक प्रस्तुति रहेका थिए।

प्रदर्शनीमार्फत लोपोन्मुख सीपको संरक्षण, स्थानीय उत्पादनको बजार पहुँच विस्तार, सांस्कृतिक सम्पदाप्रति जनचेतना अभिवृद्धि तथा रोजगारी र आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रेवन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रकशित मिति : ६ बैशाख २०८३, आईतवार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सिटिजन्स बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा स्त्री तथा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य स्क्रिनिङ सेवा सम्पन्न
रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज
देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू
पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना :तराईमा बादल
अध्ययन बिदा दुरुपयोगले त्रिविलाई दुई अर्ब नोक्सानी : अहिलेसम्म २० जनाले रकम फिर्ता गरे
मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी
ताजा खबर
रुपन्देहीको बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी
सिटिजन्स बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा स्त्री तथा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य स्क्रिनिङ सेवा सम्पन्न
रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज
देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू