प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू

काठमाण्डौ , नेपाल विद्युत् प्राधिकरणले महसुल सङ्कलनलाई सहज र प्रभावकारी बनाउन निजी तथा विद्युतीय सेवा प्रदायक संस्थाको छनोट प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले इच्छुक संस्थासँग प्रस्ताव आह्वान गरेको छ ।

बिज्ञापन

प्राधिकरणका अनुसार विद्युतीय माध्यमबाट भुक्तानी सेवा सञ्चालन गर्ने वा गराउन सक्ने संस्थाहरूले आवश्यक कागजातसहित प्रस्ताव पेस गर्न सक्नेछन् ।

बिज्ञापन

सेवा प्रदायकले कम्तीमा पाँच जना दक्ष प्राविधिक जनशक्ति राख्नुपर्नेछ भने प्रस्तावमा आफ्नो कार्यक्षेत्र, सेवा सञ्जाल, प्रयोग हुने प्रविधि, सफ्टवेयर तथा उपकरणको विस्तृत विवरण पनि उल्लेख गर्नुपर्नेछ ।

बिज्ञापन

प्राधिकरणले दुर्गम क्षेत्रका ग्राहकसम्म पनि विद्युतीय माध्यमबाट सेवा पुर्‍याउने सुनिश्चितता गर्न जोड दिएको छ । स्वीकृत भएपछि १५ दिनभित्र सम्झौताका लागि उपस्थित हुनुपर्ने र कम्तीमा एक वर्ष म्याद भएको १ करोड रुपैयाँ बराबरको बैङ्क जमानत अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

यसले देशभरका विद्युत् उपभोक्तालाई डिजिटल माध्यममार्फत सहज, सुरक्षित र छरितो रूपमा महसुल तिर्ने सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

प्रकशित मिति : ६ बैशाख २०८३, आईतवार ०८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

रुपन्देहीको बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी
सिटिजन्स बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा स्त्री तथा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य स्क्रिनिङ सेवा सम्पन्न
रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज
देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना :तराईमा बादल
अध्ययन बिदा दुरुपयोगले त्रिविलाई दुई अर्ब नोक्सानी : अहिलेसम्म २० जनाले रकम फिर्ता गरे
मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी
ताजा खबर