प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

अध्ययन बिदा दुरुपयोगले त्रिविलाई दुई अर्ब नोक्सानी : अहिलेसम्म २० जनाले रकम फिर्ता गरे

काठमाण्डौ , त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकका कारण झण्डै दुई अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राज्ञिक क्षति भएको पाइएको छ । लामो समयदेखि विवादित यो विषयमा त्रिविले छानबिन थालेपछि रकम फिर्ता गर्ने क्रम पनि शुरु भएको छ ।

बिज्ञापन

त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले अधिकतम पाँच वर्षसम्म तलबसहित अध्ययन बिदा पाउने व्यवस्था छ । तर, यही सुविधा दुरुपयोग गर्दै धेरै प्राध्यापक विदेश गएर नफर्किएको पाइएको छ । छानबिनका लागि गठन गरिएको तीन सदस्यीय समितिले अहिलेसम्म ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पुष्टि गरेको छ । तीमध्ये १९१ जना अध्ययन सकेर पनि फर्किएका छैनन् भने २०७ जनाले अध्ययन नै पूरा नगरेको पाइएको छ ।

बिज्ञापन

समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार यस्तो प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक रूपमा समेत ठूलो क्षति पुर्‍याएको छ । अध्ययन बिदामा गएका स्थायी शिक्षकको ठाउँमा करार र आंशिक शिक्षक राख्नुपर्दा विश्वविद्यालयमाथि थप आर्थिक भार परेको छ ।

बिज्ञापन

प्रारम्भिक विवरणअनुसार एक शिक्षकको वार्षिक तलब भत्ता झण्डै १० लाख रुपैयाँ हुने हुँदा पाँच वर्षको अवधिमा ३९८ जनाबाट झन्डै दुई अर्ब रुपैयाँ बराबरको दुरुपयोग भएको अनुमान गरिएको छ ।

त्रिविले कबुलियतअनुसार तलब भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्न निर्देशन दिएपछि अहिलेसम्म २० जनाबाट झण्डै साढे ६ करोड रुपैयाँ फिर्ता भएको छ । थप ५० जनाभन्दा धेरै प्राध्यापक रकम फिर्ता गर्ने प्रक्रियामा रहेका छन् ।

हरेक प्राध्यापकले न्यूनतम १० लाखदेखि ५० लाख रुपैयाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ । त्रिविका शिक्षाध्यक्ष प्रा।डा। खड्ग केसीका अनुसार पहिलो चरणमा स्वेच्छाले रकम नबुझाउनेलाई दोस्रो चरणमा कानुनी प्रक्रिया अघि बढाइनेछ । आवश्यक परे नाम सार्वजनिक गर्दै कारबाहीका लागि सिफारिस गरिने चेतावनी त्रिविले दिएको छ ।

प्रकशित मिति : ६ बैशाख २०८३, आईतवार ०८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

रुपन्देहीको बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी
सिटिजन्स बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा स्त्री तथा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य स्क्रिनिङ सेवा सम्पन्न
रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज
देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू
पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना :तराईमा बादल
मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी
ताजा खबर
रुपन्देहीको बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी
सिटिजन्स बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा स्त्री तथा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य स्क्रिनिङ सेवा सम्पन्न
रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज
देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू