प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

सिटिजन्स बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा स्त्री तथा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य स्क्रिनिङ सेवा सम्पन्न

बुटवल – रुपन्देहीको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेशअन्तर्गतका शाखाहरूको संयुक्त आयोजनामा स्त्री तथा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य स्क्रिनिङ सेवा सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त कार्यक्रम सुद्धोधन गाउँपालिका वडा नं २ स्थित राधाकृष्ण सामुदायिक भवनमा आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा सौ फर्साटिकर, अमुवा, छपिया तथा मानपकडी शाखाहरूको समन्वयमा दुर्गा भगवती आमा समूह (हिरापुर) तथा चेतनशील आमा समूह (गोपालपुर) अन्तर्गतका महिला दिदीबहिनी तथा आमाहरू गरी जम्मा ८१ जनाले स्वास्थ्य सेवा लिएका थिए।

बिज्ञापन

कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदीप कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्दै बैंकले आफ्नो नियमित बैंकिङ सेवाका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता जनमुखी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।

बिज्ञापन

स्वास्थ्य परीक्षण सेवा बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। अनिता पुन तथा डा। काशी राम बीकेद्वारा प्रदान गरिएको थियो। साथै, मेडिप्लस फार्मेसीबाट आवश्यक औषधि उपलब्ध गराइएको थियो भने एशियन डायग्नोस्टिक ल्याबोरेटरीबाट ल्याब परीक्षण सेवा प्रदान गरिएको थियो।

बिज्ञापन

कार्यक्रममा सिटिजन्स बैंकको तर्फबाट सौ फर्साटिकर शाखाका शाखा प्रमुख नारायण भण्डारी, अमुवा शाखा प्रमुख कृष्ण क्षेत्रीलगायत छपिया तथा मानपकडी शाखाका शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रमको व्यवस्थापन तथा स्वयंसेवा गरिएको थियो।

कार्यक्रमका अवसरमा दुर्गा भगवती आमा समूहकी सचिव जयन्ती खनालले बैंकप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गर्नुभयो।

२०६४ सालमा स्थापना भएको सिटिजन्स बैंकका हाल देशभर २०० शाखा, १६९ एटिएम, ३ एक्सटेन्सन काउन्टर तथा ४२ शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन्। करिब २० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले आफ्नो सेवा तथा कार्यसम्पादनका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मानहरू प्राप्त गर्दै आएको जनाएको छ।

प्रकशित मिति : ६ बैशाख २०८३, आईतवार ०९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

रुपन्देहीको बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी
रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज
देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू
पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना :तराईमा बादल
अध्ययन बिदा दुरुपयोगले त्रिविलाई दुई अर्ब नोक्सानी : अहिलेसम्म २० जनाले रकम फिर्ता गरे
मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु, आमा-छोरा बिरामी
ताजा खबर
रुपन्देहीको बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी
सिटिजन्स बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा स्त्री तथा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य स्क्रिनिङ सेवा सम्पन्न
रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज
देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
विद्युत् महसुल तिर्न सजिलो बनाउँदै प्राधिकरण, सेवा प्रदायक छनोट प्रक्रिया शुरू