प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन

काठमाण्डौ – प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आज निधन भएको छ ।

बिज्ञापन

आधुनिक भारतीय सङ्गीतकी महान् गायिकामध्ये एक मानिने भोसलेको मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । हृदयघात भएपछि हिजो उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बिज्ञापन

आशा भोसले अर्की चर्चित गायिका लता मङ्गेशकरकी बहिनी हुन् । सन् १९३३ मा मङ्गेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन शुरू गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो चलचित्र गीत रेकर्ड गरेकी थिइन् । झन्डै तीन दशमसम्म उनी धेरैजसो सङ्गीतकारहरूको रोजाइको गायिका बनिन् ।

बिज्ञापन

आशा भोसलले २० वटा भाषामा १२ हजारभन्दा धेरै गीत गाएकी छिन् । उनका ‘चुरालिया है तुम ने जो दिलको’, ‘दिल चीज क्या है’, ‘दम मारो दम’, ‘ए मेरा दिल’, ‘जवानी जाने मन’, ‘रङ्गीला रे’ लगायत थुप्रै गीतहरू चर्चित छन् ।

भोसलेले ‘गैरी खेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘वसन्त नै बस्न खोज्छ’, यहाँ ‘पहाडको माथिमाथि’, ‘दियो बाली साँझ को’, ‘तिमी मेरो म तिम्रो’ लगायतका नेपाली गीतहरू पनि गाएकी छिन् ।

प्रकशित मिति : २९ चैत्र २०८२, आईतवार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह