प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन

काठमाण्डौ, अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ ।

बिज्ञापन

पाकिस्तानको मध्यस्थतामा झन्डै २१ घण्टा लामो वार्तापछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बिज्ञापन

उपराष्ट्रपति भ्यान्सले अमेरिका ुसद्भावका साथु वार्तामा सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इरानले आणविक हतियार विकास नगर्ने र त्यसका लागि आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता चाहिएको भए पनि अहिलेसम्म त्यो नदेखिएको उहाँको भनाइ छ ।

बिज्ञापन

यसैबीच इरानी विदेश मन्त्रालयले वार्तालाई सकारात्मक भन्दै अमेरिकालाई आफ्ना अत्यधिक माग अघि नसार्न आग्रह गरेको छ । इरानले आफ्ना “वैध अधिकार र हित” स्वीकार गर्नुपर्नेमा जोड दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामले खासै फरक नपर्ने टिप्पणी गर्दै जे भए पनि हामी जित्छौँ भन्ने प्रतिक्रिया दिनुभएको छ । वार्ताको मुख्य केन्द्रबिन्दु इरानको आणविक कार्यक्रम, हर्मुज जलमार्ग खोल्ने र क्षेत्रीय तनाव अन्त्य गर्ने विषयहरू थिए ।

यसै क्रममा अमेरिकी सेनाले हर्मुजमा नौसैनिक गतिविधि बढाएको जनाएको छ, यद्यपि इरानले त्यसलाई अस्वीकार गरेको छ । यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको अभियान अझै नसकिएको सङ्केत दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले लेबनानसँग दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए पनि इरानविरुद्ध ुअझै धेरै गर्न बाँकी रहेकोु पनि उल्लेख गरेको खबरमा उल्लेख छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको शान्तिको प्रयासको प्रशंसा गर्दै वार्ताको असफलतामा उनीहरूको कुनै कमजोरी नभएको बताउनुभएको छ । यो ऐतिहासिक वार्ताले संवादको ढोका खुला राखे पनि तत्काल कुनै सहमति नजुट्नुले मध्यपूर्व क्षेत्रमा तनाव कायमै रहने सङ्केत दिएको छ ।

प्रकशित मिति : २९ चैत्र २०८२, आईतवार ०९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह