प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

लेखापढी व्यवसायलाई मर्यादित बनाउन बुटवलमा १६ दिने तालिम सञ्चालन

लेखापढी व्यवसायलाई मर्यादित बनाउनका लागि बुटवलमा १६ दिने तालिम सञ्चालन भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा रुपन्देही जिल्लाभित्रका लेखापढी व्यवसायमा इच्छुकका लागि तालिम प्रदान गरिएको हो । सो व्यवसायका लागि आवश्यक करिब ४५ वटा विषयमा तालिम प्रदान गरिएको बुटवल उपमहानगरपालिका श्रम तथा रोजगार शाखाका रोजगार संयोजक अरविन्द पाण्डेले जानकारी दिनुभयो । तालिममा रुपन्देही जिल्लाभित्रका करिब ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

बिज्ञापन

कार्यक्रममा प्रशिक्षक अधिवक्ता घनश्याम पन्थले प्रशिक्षण दिनुभएको संयोजक पाण्डेले बताउनुभयो ।
तालिममा लेखापढी व्यवसायीको लागि कार्यालयतर्फ र लिखितर्फ विभिन्न ४५ विषयमा जानकारी दिइएको प्रशिक्षक पन्थले बताउनुभयो । अड्डा अदालत , लेनदेन , अंशवण्डा राजिनामा , बकस पत्र तथा स्थानीय तहलगायतका विभिन्न विषयमा जानकारी दिइएको हो । यही चैत २७ गते समापन हुने तालिममा अन्य प्रशिक्षकको रुपमा अधिवक्ता दुर्गाप्रसाद पाण्डे , ज्ञानु केसी , राजन नेपाल , गोविन्द प्रसाद मरासिनी , मदन कुमार पुन , मिना पाण्डे पन्थ , अनुप पोखरेल , सहायक न्यायाधिवक्ता गोकर्ण घिमिरे , बसन्तराज पोखरेल र शाखा अधिकृत नारायण पन्थी रहनुभएको श्रम तथा रोजगार शाखा संयोजक पाण्डेले जानकारी दिनुभयो ।

बिज्ञापन
प्रकशित मिति : २५ चैत्र २०८२, बुधबार २२:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह