प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

कूटनीतिक मर्यादा र आचारसंहिताबारे मन्त्रीहरूलाई परराष्ट्रको प्रशिक्षण

काठमाडौं । परराष्ट्र मन्त्रालयले कूटनीतिक मर्यादा र आचारसंहिताबारे नयाँ सरकारका मन्त्रीहरूलाई प्रशिक्षण दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रीलाई राखेर ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ शीर्षकमा प्रशिक्षण दिएको हो ।

बिज्ञापन

मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिएको प्रधानमन्त्री बालेन्द्र शाह९बालेन० की प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

बिज्ञापन

परराष्ट्र सचिव राईले मन्त्रीहरूलाई अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत जानकारी दिएका थिए ।

बिज्ञापन

सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमा र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराएको प्रेस विज्ञ दाहालले बताइन् ।

 

यस्तै सचिव राईको प्रस्तुतिमा नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षमा विशेष जोड दिएका थिए ।

 

प्रकशित मिति : २५ चैत्र २०८२, बुधबार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह