प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

लुम्बिनी प्रदेशमा ६० प्रतिशत धान रोपाइँ सम्पन्न

बिज्ञापन

बिज्ञापन

लमही – लुम्बिनी प्रदेशमा हालसम्म ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार कुल ३ लाख २० हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको हो ।
प्रदेशका पहाडी जिल्लामध्ये सबैभन्दा अगाडि प्युठान रहेको छ । प्युठानमा कुल ६ हजार ५२५ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ६१२ हेक्टरमा रोपाइँ सम्पन्न भई ८६ प्रतिशत पुगेको छ । तराईका जिल्लामध्ये पश्चिम नवलपरासी सबैभन्दा अगाडि रहेको छ । त्यहाँ कुल २० हजार ४८० हेक्टरमध्ये १८ हजार ४३२ हेक्टरमा रोपाइँ भई ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
दाङमा ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ७५१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने बर्दियामा ५० हजार १५० हेक्टर क्षेत्रमध्ये २९ हजार ५८९ हेक्टरमा रोपाइँ सकिएको छ, जुन कुलको ५९ प्रतिशत हो । यस्तै, बाँकेमा कुल ३४ हजार ७११ हेक्टर क्षेत्रफलमध्ये १५ हजार ६२० हेक्टरमा रोपाइँ सम्पन्न भई ४५ प्रतिशत मात्र पुगेको छ ।
लुम्बिनी प्रदेशको पहाडी जिल्लामा धान उत्पादनको हिसाबले अगाडि रहने गुल्मीमा भने कुल ७ हजार ५३९ हेक्टरमध्ये ४ हजार १३६ हेक्टरमा रोपाइँ सकिएको छ, जुन ५५ प्रतिशत हो।कृषि विकास निर्देशनालयले आगामी केही दिनमा बाँकी क्षेत्रफलमा पनि रोपाइँ तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको जनाएको छ ।

बिज्ञापन
प्रकशित मिति : १ श्रावण २०८२, बुधबार १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग
तिलोत्तमाका सामुदायिक वन : दीगो व्यवस्थापन र वातावरणीय सुरक्षा
आउँदो बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढङ्गले अघि बढाइनेछ : सभामुख अर्याल
बुटवल–नारायणगढ सडक खण्ड : विनयी खोलाको पक्की पुल सञ्चालनमा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
भर्ना र पठनपाठन थाल्न पालिकालाई नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घको सर्कुलर
अबदेखि राजश्व तिरेको २४ घण्टाभित्र गाडी चालक अनुमतिपत्र दिइनेछ : सञ्चारमन्त्री तिमिल्सिना
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको लक्ष्य
ताजा खबर