प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

नेतृत्व विकास तथा प्रतिवेदन लेखनको प्रशिक्षण सम्पन्न

तिलोत्तमा-इनरव्हिल क्लब अफ मिड्टाउन बुटवल र इनरह्वील क्लब अफ तिलोत्तमाकाे संयुक्त आयाेजनामा नेतृत्व विकास तथा प्रतिवेदन लेखनको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी क्लब हल बुटवलमा क्लवका सदस्यहरुका लागि शनिबार एकदिने प्रशिक्षण कार्यक्रम गरिएको हाे ।

बिज्ञापन

कार्यक्रममा प्रशिक्षक तथा सल्लाहकार राधा भट्टराईले नेतृत्व विकास र प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन् । प्रशिक्षक भट्टराईले अहिलेकाे समयमा नेतृत्व लिन सक्ने क्षमता राख्नु महत्त्वपूर्ण भएको बताइन् । उनले अनाैपचारिकरुपमा हरेक काममा सक्षम भएपनि औपचारिकरुपमा त्यसकाे भूमिका निभाउन गाह्रो हुने बताउँदै यस प्रकारको प्रशिक्षण महत्त्वपूर्ण हुने बताइन् ।

बिज्ञापन

कार्यक्रममा प्रमुख अतिथि तृष्णा श्रेष्ठ ,इनरव्हिल क्लब अफ मिडटाउन बुटवलका पूर्व अध्यक्ष अन्जु कार्की , इनरव्हिल  क्लब अफ तिलोत्तमाका संस्थापक अध्यक्ष सपना लम्साल , इनरव्हिल क्लब अफ मिड्टाउन  बुटवलका अध्यक्ष राधिका रिजालकाे उपस्थिति रहेकाे थियो ।

बिज्ञापन

नइनरह्वील क्लब अफ तिलोतमाका सदस्य सरिता भुसालले प्रशिक्षण एकदमै राम्रो र प्रभावकारी भएको बताइन् । इनरव्हिल क्लब अफ मिड्टाउन  बुटवलका कोषाध्यक्ष
गिता खनालकाे स्वागत रहेकाे कार्यक्रम इनरव्हिल क्लब अफ मिड्टाउन  बुटवलका सचीव सुशिला पोख्रेलले गरेकी थिइन् ।

कार्यक्रममा इनरव्हिल क्लब अफ तिलोत्तमाका अध्यक्ष सीता चालिसेको अध्यक्षता  रहेकाे थियाे ।

प्रकशित मिति : २१ पुष २०८१, आईतवार १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह
देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
ताजा खबर
जितगढी विजय उत्सव मनाइँदै, ऐतिहासिक वीरताको सम्झना
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
कांग्रेसले पूर्णबहादुरसँग मागेको स्पष्टीकरण फिर्ता लिने
आज नेपाल र युएई भिड्दै
महिला उद्यम प्रवर्द्धनका लागि बुटवलमा ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम सुरु
भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह