प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ

काठमाण्डौ , अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको राष्ट्रसङ्घको सामुद्रिक निकायले बताएको छ ।

बिज्ञापन

अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ)का महासचिव आर्सेनियो डोमिन्गुएजले इरानविरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि युद्ध शुरू भएको ६ हप्तापछि हर्मुज जलमार्ग अवरुद्ध हुनु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताउनुभएको एएफपीले जनाएको छ ।

बिज्ञापन

अमेरिकाले हिजोदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेको छ । यो क्षेत्र अहिले इरानी सेनाले नियन्त्रणमा राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय कानुनले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय पार वहनका लागि प्रयोग हुने जलमार्गको प्रयोगको स्वतन्त्रतालाई निषेध वा अवरुद्ध गर्ने अधिकार नरहेको आईएमओ प्रमुखले स्पष्ट पार्नुभएको छ ।

बिज्ञापन

इरानले आफ्ना सहयोगी देशका जहाजहरूलाई जलमार्ग पार गर्न अनुमति दिइरहेको छ भने केही देशहरूलाई पैसा तिर्नुपर्ने बताएको छ । मध्यपूर्व र विशेष गरी हर्मुज क्षेत्रमा देखिएको संकटलाई सम्बोधन गर्न र जहाज सञ्चालनमा मद्दत गर्न सङ्गठनले पहल शुरू गरेको जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्र संघले ‘सबै पक्ष’लाई हर्मुज जलमार्गमा आवागमन स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । राष्ट्र संघका प्रवक्ता स्टेफान दुजारिकले महासचिव एन्टोनियो गुटेरेसको भनाइ उद्धृत गर्दै हर्मुजमा आवागमन स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आह्वान गर्नुभएको अलजजिराले जनाएको छ ।

वाशिङ्टन र तेहरानबीच इस्लामाबादमा भएका वार्ता असफल भएपछि अमेरिकी सेनाले इरानी समुद्री आवागमनमाथि नाकाबन्दी लागू गरेपछि मध्यपूर्वमा तनाव थप चर्किँदै गएको छ ।

युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा सङ्कट बढ्दै गएको छ भने विश्व अर्थतन्त्र प्रभावित हुने सङ्केत देखिएको छ ।

प्रकशित मिति : १ बैशाख २०८३, मंगलवार ०७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
घट्यो सुन चादिको भाउ
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त