प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डौ ,आजदेखि विक्रम संवत् २०८३ शुरू भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ । वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

बिज्ञापन

सबैभन्दा पुरानो संवतका रूपमा स्थापित विक्रम संवत् अन्तर्गत नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन अर्थात् मेष सङ्क्रान्ति पनि हो ।

बिज्ञापन

सूर्यको गतिसँग आधारित भएकाले यो संवत् शाश्वत तथा वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले गएको वर्षका सफलता–असफलताको मूल्याङ्कन गरी नयाँ सङ्कल्पसहित अघि बढ्ने चलन छ ।

बिज्ञापन

बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजाआजा गर्ने र साथीसङ्गी तथा इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्ने परम्परा आज देशभर नै मनाइन्छ । भक्तपुरमा बिस्का जात्रा र तराईमा सहलेश फूल फूल्ने विशेषता पनि यही दिनसँग जोडिएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तित्वले नेपालीको उन्नति, प्रगति र समृद्धिको शुभकामना दिनुभएको छ ।

प्रकशित मिति : १ बैशाख २०८३, मंगलवार ०७:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
घट्यो सुन चादिको भाउ
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त