प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त

अस्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलोपटक महिलाले सेनाको नेतृत्व सम्हाल्ने हुनु भएको छ । रक्षामन्त्री रिचर्ड मार्लेसले लेफ्टिनेन्ट जनरल सुसान कोयललाई अस्ट्रेलियाली सेनाको प्रमुखमा नियुक्त गरिएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

बिज्ञापन

झन्डै तीन दशक लामो सेवाका क्रममा ५५ वर्षीया कोयलसँग सोलोमन टापु, अफगानिस्तान र मध्यपूर्वमा काम गरेको अनुभव छ । रक्षामन्त्री मार्लेसकाअनुसार यो नियुक्ति केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण संस्थागत परिवर्तनको प्रतीक हो ।

बिज्ञापन

अस्ट्रेलियाली सेना अहिले व्यापक रूपान्तरणको चरणमा छ । लामो दूरीका आक्रमण क्षमतादेखि ड्रोन प्रविधि र आधुनिक युद्ध प्रणालीसम्ममा केन्द्रित हुँदै सेनाले आफ्नो संरचना अद्यावधिक गरिरहेको छ । यस्तो परिवर्तनको नेतृत्व गर्न कोयलको अनुभव महत्त्वपूर्ण मानिएको छ ।

बिज्ञापन

आफ्नो नियुक्तिपछि कोयलले आधुनिक युद्धका नयाँ आयामहरू, विशेषगरी साइबर युद्धजस्ता क्षेत्रमा आफूले काम गरेको अनुभव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँ आउँदो जुलाईमा सेना प्रमुख बन्नुहुनेछ ।

यो नियुक्तिलाई लैङ्गिक समानता र समावेशी नेतृत्वतर्फको महत्त्वपूर्ण कदमका रूपमा पनि हेरिएको छ । अस्ट्रेलियाली सेनामा परम्परागत रूपमा पुरुष वर्चस्व रहँदै आएको अवस्थामा कोयलको उदयले संस्थागत संस्कृतिमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा छ ।

प्रकशित मिति : ३० चैत्र २०८२, सोमबार २२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
घट्यो सुन चादिको भाउ
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त