प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै

काठमाण्डौ – प्रतिनिधिसभामा सञ्चालन नियमावलीको नयाँ मस्यौदा तयार गर्ने काम भइरहेको छ । नयाँ पुस्ताको राजनीतिक उदय र बदलिँदो जनअपेक्षाबीच संसद्लाई थप प्रभावकारी बनाउने उद्देश्यले एक विशेष समितिले यो काम अघि बढाइरहेको छ ।

बिज्ञापन

वरिष्ठ पत्रकार जगत नेपालकाअनुसार संसद्को वास्तविक शक्ति सङ्ख्यामा नभई बहसको गुणस्तर र प्रतिपक्षलाई दिइने सम्मानमा निहित हुन्छ । २०४८ सालका सभामुख दमन ढुङ्गानाले स्थापित गरेको ’सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको’ भन्ने मान्यता आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँको भनाइ छ । एउटै पार्टीको विशाल बहुमत हुँदा प्रतिपक्ष कुनामा खुम्चिने र जनअपेक्षा सम्बोधन हुन नसकेमा विद्रोहको भावना जाग्ने नेपालले बताउनुभयो ।

बिज्ञापन

संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाकाअनुसार नेपालको संसद् अझै पञ्चायती प्रशासनिक ढर्राबाट मुक्त हुन सकेको छैन । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था नियमावलीमा रहे पनि व्यवहारमा कार्यान्वयन नभएको उहाँको गुनासो छ । मन्त्रीहरूले जवाफ नदिई सदन छाड्ने प्रवृत्तिलाई उहाँले लज्जास्पद बताउँदै संसद् सचिवालयलाई ‘थिङ्क ट्याङ्क’ का रूपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

बिज्ञापन

वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापाले बहुमत प्राप्त सरकारहरू प्रतिपक्षले नभई आफ्नै अहङ्कार र आन्तरिक कलहले ढलेको ऐतिहासिक यथार्थ स्मरण गराउनुहुन्छ । संसद्‍मा प्रश्नको सङ्ख्या ५ हजारबाट ५०० मा झर्नु सांसदहरूले सरकारलाई निगरानी गर्न छाडेको सङ्केत भएको उहाँको विश्लेषण छ । सभामुखले निष्पक्ष भूमिका नखेलेमा संसद्को गरिमामात्र नभई व्यवस्थामाथि नै प्रश्न उठ्ने उहाँको ठहर छ ।

सङ्ख्याको बलले नभई विधिको शासन र जवाफदेही संस्कृतिले मात्र लोकतन्त्रको संसद् सुरक्षित राख्न सकिने विज्ञहरूको भनाइ छ ।

प्रकशित मिति : ३० चैत्र २०८२, सोमबार १७:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
घट्यो सुन चादिको भाउ
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त