इनरह्वील क्लव अफ बुटवलले बुटवलमा चिसाे खानेपानीको व्यवस्था गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ हाटबजार अगाडि चिसो खानेपानीको व्यवस्था गरेकाे हाे ।
कार्यक्रम बाेल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरि श्रेष्ठले क्लवले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेकाे भन्दै प्रशंसा व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले हाटबजारजस्ताे धेरै मान्छेको भीड हुने स्थानमा यसरी चिसाे खानेपानीको व्यवस्था गर्नु महानतम कार्य भएको उल्लेख गर्नुभयो ।
चिसाे खानेपानी उद्घाटन कार्यक्रममा क्लवका पूर्व अध्यक्ष भारती जाेशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । भने क्लवका पूर्व अध्यक्षहरुकाे उपस्थिति रहेकाे कार्यक्रम संयाेजक निवर्तमान अध्यक्ष सम्झना ज्ञवालीले बताउनुभयो । गत वर्ष साेही स्थानमा निवर्तमान अध्यक्ष ज्ञवालीकाे कार्यकालमा खानेपानी ट्यांकी निर्माण गरिएको थियाे भने यसपालि साेही ट्यांकीमा चिसाे खानेपानी जडान गरिएकाे हाे ।
क्लवका अध्यक्ष बुलबुल श्रेष्ठले इनरह्वील क्लव सधै सामाजिक काममा समर्पित रहेकाे उल्लेख गर्नुभयो । कार्यक्रम संयाेजक निवर्तमान अध्यक्ष ज्ञवालीले स्वागत गर्नुभएकाे कार्यक्रमकाे सञ्चालन सचिव गंगा श्रेष्ठले गर्नुभएकाे थियाे ।