प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

आइतवार ‘ओपीडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पनि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण भएको बताउँदै निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।

बिज्ञापन

सरकारले शनिवार र आइतवार दुई दिन बिदा गर्ने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई आइतवार पनि बहिरङ्ग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो । अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरङ्ग सेवा सञ्चालन गर्न र सट्टा बिदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।

बिज्ञापन

निर्देशन प्राप्त भएपछि सङ्घले विज्ञप्ती जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण निर्देशन कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले आइतवार बहिरङ्ग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो ।

बिज्ञापन

चिकित्सक तथा स्वास्थ्यकर्मीले ९ देखि ५ बजेसम्म बाहेक ‘अनकल’, ‘राउन्ड’ तथा आकस्मिकलगायत २४सै घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा समय गणना नहुनु अन्यायपूर्ण रहेको सङ्घले जनाएको छ । पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न नसकिने सङ्घको ठहर छ ।

यसैबीच विभिन्न अस्पताल तथा प्रतिष्ठानले फरक–फरक सूचना जारी गरेका छन् । त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतले आकस्मिक बाहेक आइतवार बहिरङ्ग सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् । उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पतालले भने आइतवार पनि सेवा सञ्चालन गर्ने जनाएका छन् ।

सङ्घले विभिन्न स्वास्थ्य संस्थामा फरक–फरक दिन बिदा दिँदा अस्पतालहरुले दिने बिदामा एकरूपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरु अन्योलमा पर्ने भएकाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने जनाएको छ । सङ्घले ज्यादै न्यून सेवा सुविधा दिइ जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्घर्षमा उत्रिन बाध्य हुने भन्दै चेतावनी दिएको छ ।

प्रकशित मिति : २८ चैत्र २०८२, शनिबार २०:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त