प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

मेयर युवा रोजगार कार्यक्रम: बुटवलमा लेखापढी तालिमको समापन

बुटवलमा मेयर युवा रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको लेखापढी व्यवसायका लागि १६ दिने तालिमको समापन भएको छ ।
लेखापढी मर्यादित बनाउनका लागि प्रदान गरिएको तालिमको शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

बिज्ञापन

बुटवल उपमहानगरपालिकाको आयोजनामा रुपन्देही जिल्लाभित्रका लेखापढी व्यवसायमा इच्छुकका लागि तालिम प्रदान गरिएको हो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले महिलाहरूलाई स्वरोजगार बनाउन यस्ता तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पाण्डेले महिलाहरुको लागि सीप र रोजगार सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कुनै न कुनै सीपसँग महिला जोडिन जरुरी रहेको बताउनुभयो ।नगरले प्रदान गरेको यो तालिमबाट तालिम लिएका महिलाहरु स्वरोजगार हुने अपेक्षा रहेको जनाउनुभयो ।

बिज्ञापन

तालिममा लेखापढी व्यवसायका लागि आवश्यक करिब ४५ वटा विषयमा तालिम प्रदान गरिएको बुटवल उपमहानगरपालिका श्रम तथा रोजगार शाखाका रोजगार संयोजक अरविन्द पाण्डेले जानकारी दिनुभयो । तालिममा रुपन्देही जिल्लाभित्रका करिब ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रशिक्षक अधिवक्ता घनश्याम पन्थले प्रशिक्षण दिनुभएको संयोजक पाण्डेले बताउनुभयो ।
तालिममा लेखापढी व्यवसायीको लागि कार्यालयतर्फ र लिखितर्फ विभिन्न ४५ विषयमा जानकारी दिइएको प्रशिक्षक पन्थले बताउनुभयो । अड्डा अदालत , लेनदेन , अंशवण्डा राजिनामा , बकस पत्र तथा स्थानीय तहलगायतका विभिन्न विषयमा जानकारी दिइएको हो ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १९ पत्थरगञ्जकी मञ्जु खनालले तालिमले प्रभावकारी भूमिका खेलेको बताउनुभयो । त्यस्तै बुटवल २ कि वसन्ती बस्यालले महिला सशक्तीकरणमा यस तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

तालिममा अन्य प्रशिक्षकको रुपमा अधिवक्ता दुर्गाप्रसाद पाण्डे , ज्ञानु केसी , राजन नेपाल , गोविन्द प्रसाद मरासिनी , मदन कुमार पुन , मिना पाण्डे पन्थ , अनुप पोखरेल , सहायक न्यायाधिवक्ता गोकर्ण घिमिरे , बसन्तराज पोखरेल र शाखा अधिकृत नारायण पन्थी रहनुभएको श्रम तथा रोजगार शाखा संयोजक पाण्डेले जानकारी दिनुभयो ।

प्रकशित मिति : २७ चैत्र २०८२, शुक्रबार १९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त