प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र सहसचिव पोखरेलसहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

काठमाण्डौ – विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहित २८ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा, पोखरेल तथा महराका छोरा राहुलसहित २८ जना र एउटा कम्पनीलाई प्रतिवादी बनाएको छ । अख्तियारले उनीहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

बिज्ञापन

२०७९ साल पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको पाइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

बिज्ञापन

अनुसन्धानका क्रममा भेपमा भित्रिएको सुन भारतको महाराष्ट्रका नन्दुकुमार राण्डुराम मर्गलेको भएको खुलेको थियो । चीनबाट भित्र्याएर दावाजिन वाङले भारतीय नागरिकसम्म तस्करीको सुन लैजाने योजना बनाए पनि सेटिङ बिग्रिएर यसको रहस्य बाहिरिएको थियो ।

माओवादी सशस्त्र द्वन्द्वमा सक्रिय महरा शान्ति प्रक्रियापछि निरन्तर सत्ता–शक्तिमा छन् । २०६३ सालमा बनेको अन्तरिम सरकारमा मन्त्री बनेका महरा पछि उपप्रधानमन्त्रीसहित अर्थ, गृह, परराष्ट्रजस्ता शक्तिशाली मन्त्रालय सम्हाल्दै सभामुख पनि बनेका थिए ।

पहिलो संविधानसभा चुनावलगत्तै चिनियाँसँग ‘नेपालमा सांसद खरिद–बिक्रीका लागि’ रकम मागेको भनिएको अडियो सार्वजनिक भएपछि महरा विवादमा तानिएका थिए । यस्तै २०७४ सालमा प्रतिनिधिसभाको सभामुख बनेका उनले संसद् सचिवालयमै कार्यरत एक महिलामाथि बलात्कार गरेको आरोपमा बालुवाटारमा रहेको सभामुख निवासबाटै पक्राउ परेका थिए ।

प्रकशित मिति : २६ चैत्र २०८२, बिहीबार १७:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त