प्रधानमन्त्री

कांग्रेस

नेकपा एमाले

स्वर्णिम वाग्ले

युवराज शर्मा

कृषि प्रधान

बुटवलको उज्यालोको शहर अभियान

उपसभामुखमा श्रम संस्कृतिकी रुवी ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

काठमाण्डौ – प्रतिनिधसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ ।

बिज्ञापन

आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा ठाकुर र लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँहरू दुवै जना समानुपातिक सांसद हुनुहुन्छ ।

बिज्ञापन

प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको व्यक्ति हुनुपर्ने व्यवस्था छ । उपसभामुखको चुनाव भोलि हुँदैछ ।

बिज्ञापन

यसैबीच रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवी ठाकुरलाई समर्थन गरेको छ । ठाकुरको प्रस्तावकमा श्रम संस्कृति पार्टीका आरेन राई हुनुहुन्छ भने रास्वपाका अशोक चौधरी र श्रम संस्कृतिकी अम्बिकादेवी सङ्ग्रौलाले समर्थन गर्नुभएको छ । योसँगै उपसभामुखमा रुबी ठाकुर निर्वाचित हुने निश्चित भएको छ ।

सत्तारूढ दल रास्वपासँग एक्लै झन्डै दुईतिहाइ मत छ । यस्तै ठाकुरलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गर्ने भएको छ ।

प्रकशित मिति : २६ चैत्र २०८२, बिहीबार १५:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

No data was found

सम्बन्धित खबर

सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल
बलियो संसद्का लागि नियमावली संशोधनको काम चल्दै
ताजा खबर
सम्पत्ति विवरण आयो तर, स्रोत के हो ?
नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् : ओलि
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार—२०८२ बाट पत्रकार रेखा भुसाल पुरस्कृत
अस्ट्रेलियामा १२५ वर्षको सैन्य इतिहासमा पहिलो महिला सेना प्रमुख नियुक्त